☰ open Loading... 20 April 2024|  

कुनाथरी गाविस सचिवको मनपरी, सुझाव विनै संसोधित परिषद् सम्पन्न
  | ११ आश्विन २०७३, मंगलवार १८:४४

वडा नागरिक मञ्च र लक्षित वर्गलाई वेवास्था गर्दै कुनाथरीको संसोधित गाउँ परिषद सम्पन्न, आफूहरुको सहभागिताविना गरिएको परिषद मान्य नहुने लक्षित वर्गको भनाई 

वडा नागरिक मञ्च र लक्षित समूहको सहभागिता विनै गाउँ विकास समिति कुनाथरीले संशोधित गाउँ परिषद सम्पन्न गरेको छ ।  गाविस सचिव र राजनीतिक दलका प्रतिनिधिहरुले आफूहरुलाई व्यवास्था गर्दै एकलौटी रुपमा संसोधित गाउँ परिषद सम्पन्न गरेको गाविस स्तरीय लक्षित समूह र वडा नागरिक मञ्चले गुनासो गरेका छन् ।

आफूहरुलाई गाविस भवनमा उपस्थितिका लागि पत्र पठाएको तर कृषि सेवा कार्यालयको भवनमा गइ परिषद सम्पन्न गरिएको लक्षित वर्गका प्रतिनिधहरुको भनाई छ । परिषदमा आपूmहरुलाई प्रवेश गर्न नदिएको उनीहरुको आरोप छ ।

गाविस सचिव आनन्द चपाइले भने एकीकृत योजना तर्जुमा समितिको सहभागितामा संसोधित गाउँ परिषद सम्पन्न भएको दाबि गर्नुभएको छ । वडा नागरिक मञ्चबाट एक जना महिला सहभागी हुनुपर्नेमा नौ वटै वडाको प्रतिनिधि वस्न पाउनुपर्ने माग राख्दै परिषदमा वस्न अस्वीकार गरेको सचिव चपाइको भनाइ छ ।

लक्षित वर्ग र वडा नागरिक मञ्चले भने आफूहरुको सहभागिताविना गरिएको परिषद आफूहरुलाई मान्य नहुने बताएका छन् । एकीकृत योजना तर्जुमा समितिको बैठकबाट परिषद सम्पन्न गर्नुपर्ने प्राब्धान अनुसार नै गर्नुपर्ने जिल्लाल विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत रामबहादुर बुढाले बताए ।

स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुसार दुई वटा गाउँ परिषद् गर्नुपर्ने व्यवस्था छ । गत बर्ष विनियोजन भएको योजना तथा कार्यक्रमहरु संशोधन गर्न संसोधित गाउँ परिषद् गरिन्छ ।

एकीकृत योजना तर्जुमा समितिका सबै राजनितिक दलका प्रतिनिधि, लक्षित वर्ग, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्रका प्रतिनिधिहरुको परिषद्मा सहभागिता हुनुपर्ने व्यवस्था छ ।