☰ open Loading... 15 October 2024|  

सरकारबाट संविधान कार्यान्वयनको संकेत ः नेपाल
  | १२ आश्विन २०७३, बुधबार १३:३२

दुई हप्तापछि एमाले नेता माधव कुमार नेपालले वर्तमान सरकारबाट संविधान कार्यान्वयनको संकेत देखा परेको वताएका छन् । हाल संकेत मात्रै देखा परेको भएपनि संविधान कार्यान्वयनलाई गति दिन प्रधानमन्त्री पुष्पकमल दाहालमा दरिलोपनको आवश्यक्ता रहेको वताए ।

उनले प्रादेशिक उच्च अदालत स्थापनाको कार्यलाई संविधान कार्यान्वयनको महत्वपूर्ण उदाहरणका रुपमा प्रस्तुत गरे । छलफल चौतारीले मंगलवार घोराहीमा गरेको बहस कार्यक्रममा भने ‘वर्तमान सरकारले उच्च अदालत स्थापना गरेर संविधान कार्यान्वयको संकेत देखाएको छ ।’ उच्च अदालत स्थापनाका क्रममा कहिँकतै विवाद नहुनुलाई पनि उनले सरकारको सहि निर्णय भएको वताए ।

वर्तमान सरकारले चैत सम्म स्थानीय निर्वाचन गर्ने बताएको प्रसंग उल्लेख गर्दै नेता नेपालले यसलाई पनि संविधान कार्यान्वयनको अर्को संकेतका रुपमा अथ्र्याए ।

‘तर प्रधानमन्त्री जी आफ्नो निर्णयमा कति सम्म अडिग रहन सक्नु हुन्छ भन्ने महत्वपूर्ण कुरा हो,’ नेता नेपालले भने ‘किनकी उहाँलाई सामान्य दवाव आयो भने मात्रै उहाँ झुकि हाल्नु हुन्छ, स्थानीय चुनावको बिषयमा पनि यसै नहोला भन्न सकिन्न ।’

madhab
एमाले विहिन सरकार भएकै कारण संविधान कार्यान्वयन नहुने आशंका व्याप्त बन्दै गएको भन्दै नेता नेपालले सत्तारुढ दलहरुले मनपरि रुपमा काम गर्ने गलत संस्कार त्याग्नु पर्ने वताए ।

सीमांकनका बिषयमा संविधान शंशोधन गर्ने तयारी बारे चलाईएका हल्ला बारे नेता नेपालले सरकारको यो तयारी सहि नभएको र यसबारे सरकारले आँफुहरु संग छलफलनै नगरेको वताए ।

‘यस्ता खाले सरकारका मनपरिले अहिलेको महत्वपूर्ण संविधान कार्यान्वयनको पाटोलाई ठूलो असर पुर्याउँछ,’उनले भने ‘एमालेको विहिनताबाटै सवथोक गर्छौँ भन्नु भ्रम मात्रै हो ।’

उनले प्रधानमन्त्री दहालको भारत भ्रमणमा भएका सम्झौताहरुको बक्तव्य वाजीलाई ‘बेहोसीपन’को संज्ञा दिँदै भने ‘जान्दै जानिएको छैन, भने सिक्नु पर्छ, नजानेरै काम गर्दा घाटा पुग्छ, अहिले प्रधानमन्त्रीलाई त्यहि भएको हो ।’