☰ open Loading... 20 April 2024|  

हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन सकिदैन् : माओवादी नेता पुन
  | १२ आश्विन २०७३, बुधबार १६:१०

नेकपा माओवादी केन्द्र्रका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने तयारी भइरहेको भन्ने हल्ला गलत भएको बताएका छन् ।

रिपोटर्स क्लव नेपाल दाङ शाखाले बुधवार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा नेता पुनले त्यस्तो कुनै पनि हालत हिन्दी भाषालाई राष्ट्रिय भाषाको रुपमा स्वीकार गर्न नसकिने बताएका हुन ।

ppp

‘कुन भाषालाई राष्ट्रिय भाषा बनाउने भन्ने सवाल भाषा आयोग र संवैधानिक आयोगको सिफारिसको आधारमा मात्रै हुने कुरा हो ।’ पुनले भने,–‘यो केवल राजनीतिक रुपमा उत्तेजना फैलाउन गरिएको षडन्त्र मात्रै हो । हल्लाको पछि नकुद्ुनस् ।’

संघीय कानुनले निर्णय गर्ने भएकाले राजनीतिक फाईदाका लागि प्रतिपक्षीले अनावश्यक प्रचार गरिरहेको उनको आरोप छ ।

‘अब भारतबाट मात्रै बुहारी भित्र्याईन्छ भन्नु गलत हो, यूरोपबाट पनि बुहारीहरु नेपाल आउन सक्छन ।’ पुनले थपे,–‘संघीय कानुन बन्दैन कि भन्ने चिन्ता जायज रहेपनि अन्तरिम संविधानमा टकेर बैवाहिक अंगिकृत नागरिकता बनाउन सकिन्छ ।’

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले दुईदेश विच चिसिएको सम्वधमा न्यानोपना आएको दाबी पुनको छ ।  नेपालका प्रधानमन्त्री र चीनका राष्ट्रपतिका विचमा भारतको गोवामा विक्समा साईडलाईन भेट्ने र सम्वाद गर्ने निश्चित भएको उनले खुलाए ।

उनले मधेस र संविधानप्रति विमत्ती राख्नेहरु समेत संवादमा आएको दाबी गरे । प्रचण्ड नेतृत्व सरकारले नै चैतमा स्थानीय निकायको निर्वाचन गराएरै छोड्ने दावी पुनको थियो ।

कसैले चाहेर पनि चैतमा स्थानीय निकायको निर्वाचन रोक्न नसक्ने जिकिर उनको छ । सिमांकनको सवालमा छलफल भएपनि सात प्रदेशको सवालमा आजका यो जिल्ला थप्ने वा यो जिल्ला हटाउने भन्ने कुनै सहमति नभएको पुनले उल्लेख गरे ।

तर सात प्रदेशको सवालमा धेरै परिवर्तन नहुने पनि स्पष्ट पारेका पुने स्थानीय निकाय पुर्नंसरचनाको सवालमा दलहरु विचमा सहमति भइसकेको जानकारी दिए ।

सहमति भएपनि मधेसी दलहरुले सार्वजनिक रुपमा केही रिजर्वेशन राखिएको बताए । उनले उपेन्द्र्र यादवले भनेका मात्रै सवै कुरा नलाग्ने र मान्ने नहुने बताए ।