☰ open Loading... 5 May 2024|  

शिक्षकहरुलाई जिशिअको कार्यकक्षबाट निकाल्दा…
  | १३ आश्विन २०७३, बिहीबार १५:५१

एउटै विद्यालयमा एउटै तहमा अध्यापन गराईरहेका शिक्षकहरुले तलब सुबिधामा फरक ब्यवहार गरेको भन्दै उच्च माविका शिक्षकहरु जिल्ला शिक्षा कार्यालय पुगेपछि विवाद भएको छ ।

दुईदर्जन बढी उच्च माविका शिक्षकहरु शिक्षा कार्यालय पुगेपछि जिल्ला शिक्षा कार्यालयका जिल्ला शिक्षा अधिकारी बाबुराम काराखेती आक्रामक भएको शिक्षकहरुले बताएका छन् । जिशिअ कारखेतीले हपारेर शिक्षकहरुलाई आफ्नो कार्यकक्षबाट बाहिर निकाले थिए ।

माग राख्न हुल बानेर आउनु गलत भएको भन्दै शिक्षकहरुलाई आफ्नो कार्यकक्ष प्रवेशमा रोक लगाएका हुन् । विवाद लम्विएपछि भएको छलफलमा शिक्षा अधिकारीले आफु उच्च माविका शिक्षकहरुको सवालमा जानकार भएको र बिभागसंग कुरा गरि रहेको बताएका छन् ।

विवाद लम्बिन थालेपछि जिल्ला शिक्षा अधिकारीले अन्तिम अवस्थामा अनुदानमा नियुक्ती भएका ९६ जना शिक्षकले दशैँ खर्च नपाएको भन्दै विभिन्न माग राखेको ज्ञापन पत्र बुझेका छन् ।

केही शिक्षकहरुले भने जिल्ला शिक्षा अधिकारीले बाहीर पठाएको नभएर प्रतिनिधिमुलक छलफलका लागि अनुरोध गरेको बताएका छन् ।
शिक्षकहरुले बुझाएको ४ बुदे ज्ञापन पत्रमा उच्च माविका शिक्षकहरुलाई दरबन्दिमा गाभिनु पर्ने, मावि द्धितीय भनि कायम गरिनु पर्ने, गत वर्ष देखिको छुट तलब दशैँ खर्च र महंगी भत्ता उपलब्ध गराउनु पर्ने माग राखेका छन् ।

समाचार बजाएको भन्दै धम्की

उच्च मावि शिक्षक राम प्रसाद बरालले रेडियो मालिकाको समाचार कक्षमा आएर उच्च माविका शिक्षकहरुको समाचार बजाएर गलत गरेको भन्दै सुधार गर्न धम्कि दिएका छन् ।

उनले समाचार नसुधारे जे पनि गर्न सक्ने बताएको रेडियो मालिकाले जानकारी दिएको छ । बरालले आफुसंग पनि पत्रकार र मिडिया रहेको भन्दै आफु अर्को मिडियामार्फत जाने धम्कि दिएका छन ।