☰ open Loading... 25 April 2024|  

विद्युत लाइन काट्दा १७ लाख बक्यौता उठ्यो
  | १३ आश्विन २०७३, बिहीबार १७:४७

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीले विद्युत महशुल नबुझाउने ग्राहकको लाईन काट्न थालेपछि बक्यौता रकम संकलन भएको छ । एक महिनाको विचमा केन्द्रले ७० भन्दा बढी ग्राहकको लाईन काटेपछि करिब १७ लाख रुपैयाँ बक्यौता उठेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीले जानकारी दिएको छ ।

लमही र घोराही क्षेत्रका ग्राहकबाट १६ लाख ९४ हजार ५ सय ४७ बक्यौता रकम संकलन भएको वितरण केन्द्रका सुचना अधिकारी खेमराज भण्डारीले जानकारी दिए ।

ऊर्जा मन्त्रीमा जनाद्र्धन शर्माले विद्युत प्रयोग गर्ने तर महशुल नबुझाउनेको लाईन काट्न निर्देशन दिएपछि दाङमा लाईन काटिएको थियो ।

घोराही क्षेत्रका ७२ जना ग्राहकको लाईन काटिएपछि ९ लाख ९४ हजार ५ सय ४७ रुपैयाँ रकम उठेको छ भने लमही क्षेत्रबाट ९५ जना ग्राहकको लाईन काटिदा ७ लाख रुपैयाँ संकलन गरिएको सूचना अधिकारी भण्डारीले बताए ।

घोराही वितरण केन्द्रले मासिक ४ लाख युनिट विद्युत बिक्रि गर्दा ४ करोड ५८ लाख ५६ हजार ८ सय ७४ रुपैयाँ संकलन गर्ने गरेको जनाएको छ । तत्कालीन उर्जा मन्त्री गोकर्ण विष्टले बक्यौता रकम संकलन गर्न लाईन काट्न बिकल्प अपनाएपछि फेरिदै आउने मन्त्रीहरुले पनि सोही बिकल्पलाई प्रयोग गर्दै आएका छन् ।