☰ open Loading... 18 May 2024|  

अरिंगालले टोक्दा मृत्यु
  | १४ आश्विन २०७३, शुक्रबार ११:५०

दैलेखको गौरी गाविसमा अरिंगालको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने ६ बर्षिया बालिका भावना लम्साल रहेकी छिन् ।

विहिवार दिउँसो ३ बाख्रा चराउन मकै बारीमा गएकी बालिकालाई अरिंगालले टोकेको परिवारजनले बताएका छन् ।

शरिरका विभिन्न भागमा अरिंगालले टोके पछि घरेलु उपचार गरी स्वास्थ्य संस्था लैजाने क्रममा शुक्रवार मृत्यु भएको हो ।