☰ open Loading... 1 May 2024|  

निर्देशन लत्याउँदै नीजि विद्यालय
  | १४ आश्विन २०७३, शुक्रबार १६:३१

बाँकेका निजी विद्यालयहरुले शिक्षा कार्यालयको निर्देशन लत्याउने गरेको पाइएको छ । जिल्लामा कहलिएका गोर्खा उच्च मावि, रामजानकी उच्च माविलगायतका निजी विद्यालयहरुले शिक्षा कार्यालयको निर्देशनलाई लत्याइएको पाइएको हो ।

जिल्ला शिक्षा कार्यालयले छात्रवृत्तिका लागि गरेको सिफारिस ति विद्यालयले कार्यान्वयन नगरेको भेटिएको छ । निजी विद्यालयहरुले कूल विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने नितीगत व्यवस्था छ ।

१० प्रतिशतलाई कूल सय प्रतिशत मान्ने हो भने ६६ प्रतिशत विद्यालय आफैले र ३४ प्रतिशत जिल्ला शिक्षा कार्यालयको सिफारिसमा छात्रावृत्ति वितरण गर्नुपछै । दलित, अपाङ्गता भएका, द्वन्द्वपीडित, विपन्न समुदायका विद्यार्थीको लागि छात्रावृत्ति वितरण गर्ने गरिएको छ ।

‘सामुदायिक र संस्थागत विद्यालयमा गरिएको अनुगमनका क्रममा केही अग्रणिय निजी विद्यालयहरुले पनि जिल्ला शिक्षा कार्यालयको निर्देशन अटेर गरेको पाइयो शिक्षा कार्यालयका योजना अधिकृत महेशदत्त देवकोटाले भने–‘यसले उनीहरुकै गरिमालाई कमजोर पारेको छ ।’

राम जानकी उच्च मावि कक्षा ६ मा अध्ययन गर्दै आएकी कृतिका आचार्य, गोर्खा उच्च माविमा कक्षा ७ मा अध्ययनरत आकाश डाँगीलाई शिक्षा कार्यालयले छात्रावृत्तिका लागि सिफारिस गरेको थियो ।

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच र बिद्यालयबाट पाउने सेवा सुविधाका बारेमा अनुगमन गर्न बनेको जिल्ला शिक्षा कार्यालय अन्तरगत्को जिल्ला अनुगमन समितिले जिल्लाका आधादर्जन बढी सरकारी तथा निजी विद्यालयमा दुई दिन लगाएर गरिएको अनुगमनमा ति विद्यालयका प्रध्यानाध्यापकहरुले कमजोरी भएको स्विकार गर्दै शिक्षा कार्यालयले गरेका सिफारिस कार्यान्वयनको सकारात्मक प्रतिबद्धता जनाएका छन् ।

अनुगमन समितिको निर्देशनपछि अपाङ्गता भएका बालबालिकाबाट लिइँदै आइएको मासिक शुल्क फिर्ता गर्ने ति विद्यालयले प्रतिबद्धता जनाएका छन् ।

‘जिल्ला शिक्षा कार्यालयबाट सिफासिर आएकै हो, रामजानकी उच्च माविका डाइरेक्टर दिनेश सिक्देलले भने–‘पत्र सिफारिस पत्र ‘किलारिटी’ नहुँदा समस्या भएको हो, अपाङ्गता विद्यार्थीबाट लिइदै आइएको शुल्क मिनाह हुन्छ ।’ उनले अपाङ्गता भएका बालबालिकाको सवालमा विद्यालय सकारात्मक रहेको वताए ।

जिल्ला शिक्षा कार्यालयका योजना अधिकृत देवकोटासँगै नेपाल शिक्षक संघका अध्यक्ष रुद्रबहादुर ओली, शिक्षक संगठनका अध्यक्ष एकदेव पन्थी, अखिल नेपाल शिक्षक संगठन अध्यक्ष गणेशा कार्की, नेपाल अपाङ्ग महासंघका क्षेत्रीय अध्यक्ष भावकुजंग थापा, डेकका कार्यकारी निर्देशक देविदत्त आचार्य, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य प्रियास्मृति ढकाललगायतको टोलीले विद्यालयको अनुगमन गरेको हो ।

स्रोत ः कृष्णसार अनलाइन