☰ open Loading... 12 April 2024|  

जिस्क्याउने केटी
  | १८ भाद्र २०७३, शनिबार ११:१८

acअफिसबाट कोठामा भर्खर पुगेर आराम गर्दै थिएँ, मोबाइलको रिङटोनले एकाग्रता भगं गरिदियो । आमाको फोन रहेछ, एक हप्ताको बिदा मिलाएर जसरी पनि घर आउन भन्नु भयो ।

दशैं पछि घर जाने मौका मिलेको थिएन, यसो हिसाब गरेको पुरै ६ महिना पो भएछ । सन्तानहरु शहरमा सुख सयलमै रमेका भए पनि बाआमाको मन न हो, लामो समयसम्म सन्तान भेट्न नपाउँदाको छटपटाहट, घरमा मिठो, मसिनो पकाएर भाग लगाउँदा आउने सन्तानको याद अनि चाडबाडमा सन्तान टाढा हुँदा हुने पिडा मैले नभोगे पनि सहजै अनुमान गर्न सक्थें ।

सानै देखि घर बाहिर नै बस्ने भएता पनि हरेक २र३ महिनामा घर ओहोरदोहोर चलिरहन्थ्यो, त्यसैले आमाबुवाले त्यती साह्रै नियास्रो मान्नु हुन्थेन । राजधानी छिरेदेखि भने मेरो घरमा अनुपस्थितिको समय लम्बिएको थियो ।

यो शहरको भिडभाड, होहल्ला, धुलो, धुवाँ, धपेडी, अभाव, महंगी र बेचैनीबाट दुर भएर अर्गानिक माया, अर्गानिक खाना र अर्गानिक हावाको स्वाद लिने, आमाबुवा, आफन्त, छरछिमेकी, साथिभाईहरु सँग भेटघाट, भलाकुसारी गर्ने अनि सुखदुख बाँढ्ने इच्छा मेरो पनि नभएको कहाँ हो र ?

तर आफ्नै बाध्यता र विवशता थिए मसँग पनि, नारायण गोपालले गायको ‘मुटु माथि ढुँगा राखि हाँस्नु पर्याछ’ बोलको गितमा भने जस्तै मन भरी रहेको गाउँघरको याद र मायालाई गुम्साएर काममा पिल्सीनु परेको थियो ।

कामको चापले फुर्सद नहुने, फुर्सद भए पनि हामी दुरदराजका मान्छेलाई दुई चार दिनको फुर्सदले नपुग्ने, घर पुग्नै दुई दिन लाग्ने, घरमा धित मरुन्जेल बस्न नै नपाइने, गए पछि फर्किन कै हतार हुने, अनि बाटोको हविगत, सार्वजनिक यातायातमा हुने कोचाकोच र भोग्नु पर्ने दुर्व्यवहार जस्ता धेरै कारणहरु थिए, जसले मेरो घर जाने चाहनालाई चाहनामै सिमित गराउन भूमिका खुल्दै आएका थिए ।

चैत महिनासँगै यो वर्ष पनि बिदा हुने तरखरमा थियो, चैतेदशैं र नववर्ष घर मै मनाउने गरी आउनु भनेर आमाले धेरै पहिले देखि भन्दै आउनु भएको थियो, झन आज त ठिकै छ म बाँचुन्जेल नआ मरेपछि आउलास् भनेर इमोस्नल ब्ल्याक मेल समेत गर्नुभयो ।

क्यालेण्डर हेरें, चैतेदशैं देखि नववर्षसम्म घरमै बिताउन एक हप्ता बिदा लिए पुग्ने रहेछ । अनि शुक्रबार घर तिर प्रस्थान गर्ने निर्णय बिना दोधार सर्वसम्मत पारित गर्यो मनले, त्यसलाई हाकिमबाट अनुमोदन गराउन भने बाँकी नै थियो ।

बस छुट्नु भन्दा एक घण्टा अगाडी म पुरानो बसपार्क पुगें, जहाँबाट नयाँ बसपार्क जाने गाडी पकड्नु थियो । उही भिडभाड, कोचाकोच, हतार र तछाडमछाड सहित एउटा बस मेरो अगाडी आइपुग्यो ।

अफिसमा कामको चाप अत्याधिक बढेको थियो, त्यसैले बिदा माग्न पनि असहज लागि रहेको बेलामा अर्का सहकर्मी रन्जीत सर मेरो फाँटको काम समेत म नफर्कुन्जेल सम्हालिदिन सहमत भए ।

यो सहयोग दोहोरो रुपमा नै आदान–प्रदान हुँदै आएको थियो हामी दुई बीच, यो अफिसमा आए देखि नै । काम नरोकिने भए पछि हाकिमलाई पनि बिदा दिन करलागि भयो, गाँउमा पाइने विशेष कोसेली सहित तोकिएको मिति मै हाजिर हुने सर्तमा हाकिमले मेरो बिदा स्वीकृत गरे ।

मेरो घर जाने दिन पनि आयो । झोला र पोका पुन्तुरा दुई दिन पहिले नै प्याक गरिसकेको थिएँ । मन यति प्रफुल्लीत थियो कि, त्यती धेरै उत्साहित त वर्षौँ पछि माइत जाने मौका पाएकी बिवाहिता नारी पनि सायदै होलीन् ।

बस छुट्नु भन्दा एक घण्टा अगाडी म पुरानो बसपार्क पुगें, जहाँबाट नयाँ बसपार्क जाने गाडी पकड्नु थियो । उही भिडभाड, कोचाकोच, हतार र तछाडमछाड सहित एउटा बस मेरो अगाडी आइपुग्यो ।

“ल है १ ठमेल, गोंगबु, नयाँ बसपार्क १ सिट खाली, सिट खाली १” भन्ने सहचालकको आवाज पनि उस्तै कर्कश नै थियो ।

बसको सिटमा बसेको मात्र के थिएँ, मेरो नजर सामुन्ने बस स्ट्याण्डमा उभिएकी एउटी केटीमा गएर अडियो, उसले मलाई शिर देखी पाउ सम्म घुरेर हेरी, एक पटक आँखा झिम्क्याई अनि सिटि समेत फुक्न भियाई ।

म त हेरेको हेरेइ भएँ, कस्ती अचम्मकी केटी रैछ रु केटालाई पो जिस्क्याउँछे बा, त्यो पनि सिटि नै फुकेर । मैले यो व्यवहार मलाई गरेकी हो भन्ने विश्वास नै गरिन ।

सिटमा झोला बिसाए पछि म बाटोमा खाने केही कुकिज र फलफुल खरिद गर्न बाहिर निस्कें, राजमार्गका होटेलहरुको बासी खाना खानबाट जोगिन खानेकुरा आफैले जोहो गरेर लिनुको विकल्प थिएन ।

मेरो पछिल्लो सिटमा दुई जना केटी र एउटा केटा बसिरहेका थिए त्यही केटी तिरै हेरेर, उनीहरु नै उसका साथिहरु होलान् र त्यो आफुलाई अत्याधुनिक भन्ठान्ने ठिटाठिटीहरुले भित्र्याएको साथिहरुलाई बिदाइ गर्ने नयाँ शैली होला भन्ठानेर यो विषयमा धेरै सोच्न आवश्यक ठानिन ।

मन गाउँमै पुगिसकेको थियो, गाउँ गएर के के गर्ने भन्ने योजना बुन्दाबुन्दै नयाँ बसपार्क पुगिएछ, सहचालकले “झर्ने हैन दाइ रु” भने पछि पो झसंग भैयो ।

बसहरुले खचाखच भरिएको बसपार्कमा म चढ्ने बस पत्ता लगाउन मलाई पुरै १० मिनेट लाग्यो, सिट नपाइएला भन्ने डरले सुन्धारा पुगेर हिँजो नै सिट बुक गरिसकेको थिएँ ।

सिटमा झोला बिसाए पछि म बाटोमा खाने केही कुकिज र फलफुल खरिद गर्न बाहिर निस्कें, राजमार्गका होटेलहरुको बासी खाना खानबाट जोगिन खानेकुरा आफैले जोहो गरेर लिनुको विकल्प थिएन ।

फलफुल बेच्ने स्टलमा पुगेर फलफुल अर्डर मात्र के गरेको थिएँ, बस स्ट्याण्डमा भेटिएकि त्यहि केटी फेरी देखापरि । मलाई देख्नासाथ मुसुक्क हाँसी अनि आँखा झिम्क्याइ । अब म बस स्टयाण्डमा अघि भोगेको जिस्काहट मलाई नै थियो भन्नेमा निश्चिन्त भएँ । उ पनि त्यही फलफुल स्टायण्ड तिर अघि बढेको देखेपछि मलाइ झनक्क रिष उठ्यो ।

उसंग कुरा गर्न पटक्कै मन लागेन, तसर्थ म हतार हतार पैसा तिरेर बस तर्फ लागें । आफ्नो ख्याउटे जिउ देखेर रिष पनि उठ्यो, ूसाला चुइँसे देखेर केटीले पनि जिस्काउन थाले यार ।

सिटमा गएर बसिसकेपछि मेरो मनमा त्यो अपरिचित तरुनीको व्यवहारलाई लिएर शंका उपशंकाको बाढी नै आयो । यो को हो रु, किन यस्तो व्यवहार गरिरहेकि छ रु पछिल्लो समय महिलालाई प्रयोग गरी लुटपाट, अपहरण र हत्यासम्म गरिएको बारेमा मिडियामा आएका समाचारहरु सम्झें । के यो केटी मलाई लुट्न खटाइएकी लुटेरी हो ?

अदालतमा कार्यरत मेरो एकजना मित्रले सम्बन्धविच्छेद महिलाले गर्न चाहेमा हुने सहजता र पुरुषले गर्न चाहेमा हुने असहजता बारे सुनाएको अदालती अनुभव पनि झल्झल्ती सम्झें ।

यसले मेरो अपहरण त गर्न खोज्दैछैन रु कि हत्या नै गर्ने योजनामा छे रु हैन भने किन पिछा गरिरहेकी छ मेरो रु कुनै बलवान युवकले एक अबला नारीलाई एक्लै पाएर दुर्व्यवहार गरे झैं किन जिस्काइरहेकी छ घरीघरी ?

पछिल्लो पटक महिला सशक्तीकरण र समानताको नाममा पुरुषलाई समेत गर्न रोक लगाउनु पर्ने कतिपय खराव कामहरु रोक्न लाग्नुको साटो हामीले पनि गर्न पाउनु पर्छ भन्ने माग राख्ने केहि बुर्जुक महिलाहरुको पनि सम्झना भयो मलाई ।

केटाले जस्तै केटीले पनि जिस्क्याउन पाउनु पर्ने भनी सशक्तीकरणको नयाँ अभियान त सुरु गरेनन् फेरी रु मनमा यस्तो हावादारी सोच पनि नआएको होइन । पछिल्लो समय कानून महिलाको पक्षमा अलि बढी लचिलो भैदिदा पुरुषहरु पिडित हुने गरेका समाचारहरु छ्यापछ्याप्ती पढ्न पाइन्छ ।

टाइड निलो जिन्स, आकर्षक ढंगले कोरबाट गरिएको कालो, लामो, सिल्की कपाल, आँखामा ठुलो चस्मा, ओठमा गाढा रातो रँगको लिपिस्टिक, हल्का मेकअप, करिब ५ फुट उचाई, गहुँगोरो वर्ण, हँसमुख चेहरा, ठिक्कको मोटोपन १ मैले उसको हुलिया सम्झें ।

अदालतमा कार्यरत मेरो एकजना मित्रले सम्बन्धविच्छेद महिलाले गर्न चाहेमा हुने सहजता र पुरुषले गर्न चाहेमा हुने असहजता बारे सुनाएको अदालती अनुभव पनि झल्झल्ती सम्झें ।

आजकै केशको कुरा गर्ने हो भने पनि त्यो केटीले जे गरिरहेकी छ, त्यहि ब्यबहार मैले उसलाई गरेको भए उसले मलाई पक्राएर जेल हाल्न पनि सजिलै सक्छे तर उसले मलाई बलत्कार नै गरि भने पनि कारबाही गराउन गाह्रो पर्छ १ केटीले केटाको बलत्कार गरि भनेर विश्वास गरिदिने कसले रु उल्टै पागल भन्छन् भनेर दुर्व्यवहार सहन बाध्य छन् धेरै पुरुषहरु ।

यस्ता अनेकौं प्रश्न, आशंका, तर्क र कुतर्कहरुको एक लामो लहरो नै आयो मनमा, तर यसको जवाफ अनुमान गर्न सकिरहेको थिइन । परिस्थितिले कस्तो असमन्जस्यमा पारि दिन्छ हगि कहिलेकाहिँ रु वनको बाघले खाओस् नखाओस्, मनको बाघले एकै गाँसमा चपाइसकेको थियो मलाई ।

मैले आफ्नै अनुहार हेर्न नसक्ने भएर ठोकुवा त गर्न सक्दिन् तर अनुमान गर्न सक्छु मेरो अनुहारमा त्यो आशंका र त्रासको प्रष्ट झल्को देखे होलान् मेरो अनुहारमा हेर्नेहरुले । त्यसैले होला नजिकको सिटमा बस्नेहरुले पटक–पटक दयालु नजर लगाइरहेका थिए म प्रति के भयो केटा भन्ने भावका साथ ।

रातो टिर्सट, टाइड निलो जिन्स, आकर्षक ढंगले कोरबाट गरिएको कालो, लामो, सिल्की कपाल, आँखामा ठुलो चस्मा, ओठमा गाढा रातो रँगको लिपिस्टिक, हल्का मेकअप, करिब ५ फुट उचाई, गहुँगोरो वर्ण, हँसमुख चेहरा, ठिक्कको मोटोपन १ मैले उसको हुलिया सम्झें ।

एक आधुनिक, शिक्षित अनि आकर्षक नारी जस्तो देख्नु पर्ने मेरो नजरले उसलाई किन अपराधीको नजरले हेर्न खोज्दैछ रु के जिस्काएर ठुलै अपराध नै गरी उसले रु त्यो दुर्व्यवहार चाहीँ अवश्य थियो ।

मैले पनि बेलामौका पारेर कैयौं केटीहरु जिस्काएँ होला, नजिस्काए पनि जिस्काउन उद्धेलित साथिहरुलाई साथ त अवश्य दिएको छु । कठै १ कसैलाई जिस्काउँदा मनमा पर्ने असर कति गहिरो हुँदो रैछ हेर्नुस् त ।

हाम्रा नारीहरु दिनहुँ भोग्न वाध्य छन् यस्तो व्यवहार । मलाई आत्मग्लानीले पनि पोल्यो, जिन्दगीभर कुनै पनि नारीलाई जिस्काउने छैन भन्ने प्रण समेत गर्न भ्यायो मनले । अनि सोचें, केटाले केटी जिस्क्याउनु सामान्य मान्ने मैले एउटी केटीले एकाध पटक आँखा झिम्क्याएको कुरालाई यति ठुलो रुपमा किन लिँदैछु ?

 तिललाई पहाड बनाउने प्रयास किन हुँदैछ म बाट रु के यो पितृसत्तात्मक सोच भएन र रु यो दिमाग र मन पनि कति अस्थिर हुने रहेछ, हाम्रो सरकार परिवर्तन हुने गति भन्दा हजारौं गुणा तिब्र छ हाम्रो सोचाईमा हुने परिवर्तनको गति । अघि सम्म मलाई जिस्काएर त्यो केटीले अनुसाशनहिनता र असभ्यता प्रकट गरि भनेर सोचेको मेरो मनले अब म आफैलाई दोषी ठान्न थालिसकेको थियो ।

बिस्तारै मैले आशंका मात्र हैन अवसरको नजरले पनि हेर्न थालें यो घटनालाई । कतै मसँग मिलन गराउन भगवानले पठाएकी मेरो सपनाकी राजकुमारी त हैन उ रुू म भित्रको भगवान प्रतिको विश्वास प्रकट भयो ।

उसँग तर्केको र परिचय समेत नगरेकोमा मलाई पश्चाताप हुन थाल्यो । अब उसलाई खोज्न जाउँ भने यत्रो भिँडभाडमा कता पो छे, कुन बसमा पो छे भन्ने भयो, फेरी बस छुट्ने समय पनि त भैसकेको थियो, तसर्थ मेरो मनको थकथक बाँकी नै रहयो, उ को हो रु यो प्रश्न प्रश्न मै सिमित हुने भयो भन्ठान्यो मनले ।

तर हैन रहेछ, त्यो केटी त म चढेको बसमै पो चढिसकेकी रहिछ, मनमा कुरा खेलाउँदा खेलाउँदै मैले बस भित्रका यात्रीहरु नियाल्नै पाएको थिइनँ, तन पो बस भित्र थियो, मन त त्यही केटी कै वरीपरि घुमिरहेको थियो, बस स्ट्यान्डमा देखे देखि नै ।

बस छुटेको एक घण्टा पछि कलंकी पुगियो, मोफसल जाने गाडीहरुको लामो लस्कर थियो, कम्तीमा १५ मिनेट जाममा परिने पक्कापक्की भयो । यो अवसरलाई चियापान गरेर सदुपयोग गर्ने उद्देश्यले म बाहिर निस्कें, त्यो केटीलाई पुर्णतया बेवास्ता गरेर नै ।

बस छुट्न थालेको संकेत दिन गुरुजीले लामो हर्न बजाएपछि मेरो एकाग्रता भंग भएको थियो, अनि मैले नियालेको थिएँ कम्तीमा १६ घण्टाका मेरा सबै सहयात्रीहरुलाई । मेरो नजर क्याबिन पछाडीको महिला आरक्षित सिटमा गएर टक्क अडिएको थियो । म फेरी तिनछक परेको थिएँ, झ्याल तिरको सिटमा बसेर एकोहोरो पछाडी ९म तर्फ० हेरिरहेकी उहि चन्चले केटीलाई देखेर ।

उ त हल्का मुस्कान मिश्रीत नजर म तिर नै फ्याँकी रहेकी पो रैछ । मलाई फेरी रिष उठ्यो । रिषले आफैलाई हानी गर्छ भन्ने कुरा तत्काल बोध भयो अनि रिषलाई लुकाएर मुस्कानले नै जवाफ फर्काइ दिएँ मैलेपनि ।

त्यसपछि मेरो ध्यान मोबाइलले खिच्यो, एनसेलको विथ आउट एनी कस्ट ट्वीटर चलाउन पाउने सुविधा सदुपयोग गर्न थालें, उस प्रति मेरो चासो छैन भन्ने देखाउन गरिएको एक प्रयास पनि थियो यो । म चाहन्थे उसले मलाई यसरी एकोहोरो घुरेर नहेरोस् ।

बस छुटेको एक घण्टा पछि कलंकी पुगियो, मोफसल जाने गाडीहरुको लामो लस्कर थियो, कम्तीमा १५ मिनेट जाममा परिने पक्कापक्की भयो । यो अवसरलाई चियापान गरेर सदुपयोग गर्ने उद्देश्यले म बाहिर निस्कें, त्यो केटीलाई पुर्णतया बेवास्ता गरेर नै ।

जाम खुल्यो, मेरो चियापान पनि सकियो, बसमा चढ्दा नचाहेर पनि नजर त्यहि महिला आरक्षित सिटमा पुग्यो, त्यहाँ उसको ठाउँमा अर्कै महिला बसेकी थिइन्, काकी उमेरकी । ए मोरी उनलाई पुर्याउन आएकी रैछ, यतै झरीछे, मैले अनुमान गरें । अनि ढुक्क र थकथक फेरी एकै पटक अनुभूति भयो ।

अब मलाई एकोहोरो हेरेर वाक्क पार्ने कोही छैन यहाँ भन्ठानेर एक मनले ढुक्कको स्वास फेरीरहँदा अर्को मन उसँग परिचय नै भएन भन्दै थक्थकाइ रहेको थियो । तर त्यो ढुक्कता र थकथकाहट पनि कहाँ लामो समय सम्म टिक्यो र ?

 जब म मेरो सिटमा पुगें, तब थप आश्चर्यमा परें । अघि सम्म मेरै उमेरको एउटा केटो बसिरहेको मेरो साइडको सिटमा उही जिस्काउने केटी बसिरहेकी थिई । उसले म तिर नजर लगाई अब बल्ल भेट्छस् भन्ने आशयका साथ ।

चारै तिर नजर डुलाए पछि थाहा लाग्यो, मैले चियापान गरेर सदुपयोग गरेको जामको समय उसले सिट परिवर्तन गरेर सदुपयोग गरिछे । म भन्दा अगाडीको सिटमा बसेकी महिलालाई महिला आरक्षित सिटमा पठाएर, मसँग बसेको केटोलाई अघिल्लो सिटमा बसाल्न सफल भएपछि मेरो साइडको सिटमा बिराजमान हुने अवसर जुरेको रहेछ उसलाई ।

धेरै साथिहरु एक्लै यात्रा गर्दा साइडको सिटमा कुरा र उमेर मिल्ने सभ्य मान्छे परिदेओस् भन्ने कामना गर्छन । केटा साथिहरु त तरुनी परिदेओस् भनेर भगवान पुकार्न पनि पछि पर्दैनन् ।

यो विषयमा म अलि फरक छु, साइडको सिटमा बसेको यात्रीले आफ्नै तत्परतामा कुरा सुरु गरेको अवस्थामा बाहेक म सहयात्री सँग हत्तपत्त बोलचाल नै गर्दिन ।

घण्टौं लामो दुरीका धेरै यात्राहरु छन्, जुन यात्रा मैले आफु सँगै टाँसिएर बसेको मान्छे सँग चुँइक्क नबोलेरै पार गरेको छु । मेरो मिल्ने सदाबाहार साथि मोबाइल यात्रामा यति घनिष्ठ भएर साथ दिन आइपुग्छ कि अपरिचतहरुसँग परिचय गरेर समय कटाउनु पर्ने जरुरत नै पर्दैन मलाई । सबैले मेरो यो बानीलाई नराम्रो भन्छन्, कतिपयले घमण्डी पनि ठान्दाहुन् ।

राम्रो, नराम्रो जस्तो भए पनि मेरो यो बानि कहिल्यै गएन, न त परिवर्तन हुनुपर्छ भन्ने सोच नै आयो । यसका दुईवटा फाइदा छन्, बस चढ्नु अघि साइडमा को होला भनि साथिहरुलाई हुने कौतुहल्ता मलाई कहिल्यै हुँदैन, अनि जड्याहाँ बाहेक जस्तो मान्छे साइडमा बिराजमान भए पनि मलाई यात्रा सहज लाग्छ ।

तर आज निरन्तरताको क्रमभंगता हुनेवाला थियो । म पहिलो पटक साइडमा बिराजमान सहयात्रीको बारेमा सोच्न बाध्य भएको थिएँ । म पुर्ण बेवास्ताका साथ आफ्नो सिटमा बसें, अनि फेरी ट्वीटरका मेन्सन र बताँसेको जवाफ फर्काउन मै व्यस्त भएँ ।

कानमा एयर फोन र मोबाइलको स्क्रीनमा ट्वीटर भएकोले बाटो कटेको पत्तै भएन, बस त नागढुँगा पुगेर ओरालो पो लाग्दैरैछ । मैले अँझै भेउ पाउने थिइन, असाधारण लाग्ने ठुलो भोल्युम सहित बजेको उही साइडवालीको मोबाइलले एकाग्रता भंग गरेको थियो ।

उसले फोन रिसिभ गरि, लाउड स्पीकर अन त थिएन तर उनीहरुको कुराकानी म प्रष्ट सुन्न सक्थें, सायद सबांद सुनाउने नियतले नै हुन सक्छ यति बेला उ म तिर ढल्किएर कुरा गरिरहेकी थिइ । उसको सबांदमा चासो नदिएकाले अरु कुरा त मैले सुनेको नसुन्यै गरें, तर उताबाट फोन गर्ने केटीको “को सँग आउँदैछेस ?”

भन्ने प्रश्नले ध्यान खिच्यो, उसले जवाफ दिनुपुर्व म तिर हेरी, फेरी पुरानै शैलीमा मुस्कुराई अनि बोली “बसपार्क सम्म त एक्लै आको, बसमा प्रमोद सँग भेट भो, एउटै सिटमा छौं ।”

“को प्रमोद ?” भन्ने जिज्ञाशामा उसले जवाफ दिई, “उही प्रमोद के, मैले कुरा गरिरहन्थें नि, प्रमोद आचार्य ।” यस्तो संवाद सुनेपछि मेरो हविगत के भो होला आफै अनुमान गर्नुस् त ।

जसलाई मैले पहिलो पटक देख्दैछु, उसलाई मेरो नाम मात्र हैन थर समेत थाहा छ । र यसरी कसैसँग कुरा गर्दैछे मानौ उ मसँग हैन आफ्नो घनिष्ठ मित्रसँग यात्रा गरिरहेकीछे । अनि यो पनि बताउँदैछे की उसले मेरो बारेमा धेरै पटक कुरा गरिसकेकी छ ।

उसको फोन संबादले मेरो धैर्यताको बाँध टुटायो, यो सँग पहिले मेरो भेट भएको थियो भन्ने कुरामा कुनै आशंका बाँकी रहेन अब । जति सम्झन प्रयास गर्दा पनि मैले उसलाई ठम्याउन सकिन, उसको चेहरा अपरिचित नै लाग्यो । अब मलाई बोल्नै पर्ने भयो ।

उसले कति बेला फोन राख्छे भनेर प्रतिक्षा गर्न थालें, फोन राख्नासाथ उत्तेजनारहित हुने प्रयास गर्दै मैले भनें “एक्स्क्युज मि १ मैले हजुरलाई अघि बस स्ट्याण्ड देखि नै ध्यान दिँदै आइरहेको छु, हजुर म सँग परिचित हुनुहुँदो रैछ , मेरो छिट्टै बिर्सने खराब बानी छ, माफ गर्नु होला, जति प्रयास गर्दा पनि मैल ठम्याउन सकिन, अपरिचित सँग बोल्दा अनावश्यक लफडा होला भनेर मैले बेवास्ता गरें, किनकी हजुरको अस्वभाविक व्यवहार देखेर मलाई रिष उठिरहेको थियो, कृपया आफ्नो परिचय खुलाइदिनु होला ।”

“थ्यांक्स गड ! केटोलाई गाइनोफोयिबा भाको छैन रैछ, बोली नै बन्द भाको हो की भन्ने आशंका पनि गलत साबित भयो, म त कस्तो निराश भैसक्याथें, धन्न बोलि फुट्यो तिम्रो ।” उसलाई जिस्काएर पुगेको रहेनछ अँझै, परिचय दिनुको साटो जिस्काउन मै उद्धेलित हुँदै जवाफ फर्काई ।

“यसअघि हाम्रो भेट कहाँ भएको थियो रे रु मेरो नाम थर कसरी थाहा पायौ रु” उसले तिमि भनेको ले मैले पनि तपाईंबाट तिमिमा झर्दै पुरानै जिज्ञाशा दोहोर्याएँ ।

उसले लामो हाँसो हाँसी अनि मेरो नाम मात्रै नभएर धेरै कुरा थाहा भएको जिकिर गर्दै सो को पुस्ट्याइँ गर्न मेरो घर ठेगाना, मेरा परिवारका सदस्यहरु, मेरो पठनपाठन गरेको विद्यालय, कलेज, विषय र मेरो पेशा समेत बताइ, जे जति बताई सबै शत प्रतिशत सहि थिए । म जति उसका कुरा सुन्दै जान्थें, त्यतै नि आश्चर्यको मात्रा पनि बढ्दै गएको थियो ।

“जासुस त हैन नि तिमि, कि त्रिकालदर्शी ज्योतिष हो रु” मैले पनि जिस्किने सुर कसें, अघिको पालो को पैंचो जो गर्नु थियो । मैले उठाएका सवालहरुको उसले यसरी बेवास्ता गरीरहेकी थिई, जसरी केही बेर अघिसम्म मैले उसलाई बेवास्ता गरेको थिएँ ।

उसले मेरो र मेरा परिवारजनको हालखवर सोधी, मेरा केही साथिहरुको बारेमा जिज्ञाशा समेत राखि, तर आफ्नो बारेमा केही पनि बताइन । उसले दर्जनौं प्रश्नको जवाफ पाइसक्दा पनि म उहि एउटै प्रश्नमा अल्झिरहेको थिएँ, “मलार्ई यति नजिकबाट चिन्ने र चासो राख्ने तिमि आँखिरमा होउ चाहिँ को ?”

उसले जवाफ दिइन उल्टै अर्को आश्चर्यजनक प्रश्न तेस्राई, “तिमि आफ्नो बाल्यकाल कत्तिको सम्झन्छौ प्रमोद ? तिम्रो स्कुले जिवन सुरुवात ताकाका दिनहरु के कति याद छन् रु” जवाफमा मैले “धेरै कुरा त बिर्सिसकें, अलिअलि याद आउँछ” भनेको थिएँ ।

उसको यो प्रश्नले मलाई यो मेरो कुनै पुरानो बालशखा नै त हैन रु भन्ने आशंका लाग्यो, मैले सम्झन सम्भव भए जति मेरा बालापनका साथिहरु सम्झें, केटी साथिहरु र त्यसमा पनि धेरै समय देखि भेट नभएका साथिहरुको सर्ट लिस्ट पनि दिमागले तयार गर्यो, तर यो अपरिचिता मेरो बालशखा हो भनि पत्याउने कुनै आधार भेटिन मैल ।

अचानक दिमागमा उर्मिलाको नाम आयो, पुरै २० वर्ष भएको थियो उसँग भेट नभएको पनि । यसो हेर्दा त उर्मिला जस्तो लाग्दिन यो केटी, न अनुहार मिल्छ, न स्वर नै । हुनत यति लामो समय भो उसलाई नदेखेको, उमेर बढ्दै गर्दा मान्छेको स्वरुप र स्वरमा पनि परिवर्तन आउँछ, नियमित सम्पर्क मै रहेका साथिहरुमा आएको परिवर्तन सम्झें मैले ।

जे त पर्ला झटारो हान्छु भन्ने सोचाई आयो अनि “कति अपरिचता भनेर सम्बोधन गर्नु, तिमिले भन्दै भनिनौ, अब मै तिम्रो नाम राखिदिन्छु, तिम्रो नाम उर्मिला हुने भो यो यात्रा भर, मञ्जुर छ नि रु” भनेर घुमाउरो बाटो बाट उसलाई पहिचान गर्ने प्रयास गरें । मेरो कुरा सुन्नासाथ उ भावुक भई, अँगालो हालेर रुनै पो खोजि उसले त । सबै यात्रुहरु हाम्रो सम्बाद र चर्तिकला देखेर ट्वाल्ल परेका थिए ।

“मलाई पुर्ण विश्वास थियो प्रमोद, तिमिले मलाई बिर्सेका छैनौ, मलाई नचिने पनि मेरो नाम त चिन्यौ, हो म तिम्रै बालशखा उर्मिला हुँ !” कुनै बेला मन मुटु मै बसिसकेको मान्छेलाई चिन्न यति धेरै महाभारत होला भन्ने मैले कल्पना पनि गरेको थिइन, नमरी स्वर्ग देखिन्न भने जस्तै नभोगेकालाई यो रोमाञ्चकारी पुर्नमिलनको आनन्द थाहा होस् पनि कसरी, आज भोगें र त अनुभुत हुँदैछ ।

उर्मिला १ उर्मिला पाण्डे, मेरा छिमेकी हर्कप्रसाद काकाकी सुपुत्री, म सँगै हाँसखेल गर्ने साथि, कखरा सिक्दा देखिकी सहपाठी, प्राथमिक तह पढ्दा सम्मकी बेस्ट फ्रेण्ड १ म जस्तै पातली थिई, अलिकति मोटाइछे । अनुहार त पुरै परिवर्तन भएछ, हल्का काली थिई गोरी गोरी भइछे । स्वरमा पनि सुरिलोपना बढेर गएछ ।

मैले भेट्दा ताका कि बच्चा पुरै जवान भइछे, खानलाई तयार भएको पाकेको फल जस्तै, ढकमक्क फुलेको गुलाबको फुल जस्तै फक्रेछ उसको जवानी । अनि मैले कसरी चिन्थें त ?

मनमा फेरी बाल्यकाल कै कुरा खेल्न थाले, उसको र मेरो साथ गाँउभर मै उदाहरणीय थियो, पढाइमा पनि दुबैजना उत्तीकै तेजिला थियौं । उ सँधै फस्ट हुन्थी, अनि म सेकेन्ड । सर, म्याडमहरुले पनि औधी माया गर्नु हुन्थ्यो हामीलाई । मैले कहिल्यै खाजा बोक्ने झण्झट गर्नु परेन तिँ दिनहरुमा, उसैले दिनहुँ आफै ल्याउँथी मेरा लागि समेत ।

बच्ची भएर के गर्नु, अहिलेका तरुनी गलफ्रेण्डहरुले गर्ने भन्दा कैयौं गुणा बढि ख्याल गर्थि उसले मेरो । घर पनि वल्लोपल्लो भएपछि बिहान चियापन देखि राति निन्द्रा नलागुन्जेल सम्म हामि सँगै हुन्थ्यौ । यसरी रमाइलो मै बितिरहेका थिए हाम्रा दिनहरु ।

५ कक्षाको परीक्षा सकिएर नतिजा पनि आयो, हामीले प्राथमिक तह पार गर्यौं, पहिले जस्तै उ फस्ट भई, म सेकेण्ड । हाम्रो गाँउमा निमावि थिएन, अब पढ्नका लागि डेढ घण्टाको बाटो पार गरेर सदरमुकाम पुग्नु पर्ने भो हामीले । म डेढ घण्टा त के डेढ दिन पनि हिड्न तयार थिएँ, उसको साथ पाए पछि बाटो कटाउन कुनै समस्या थिएन मलाई ।

तर दिन सँधै एकैनासे कहाँ हुने रहेछन् र रु मन परेको लुगा चाँडै फाट्छ भनेझैं मन परेको संगत पनि धेरै दिन टिक्दैन रहेछ सायद । त्यो साँझ सम्झन्छु अँझै, मेरा दुखद् दिनहरु मध्ये कै अग्रस्थानमा आउने दिन थियो त्यो दिन, उर्मिला मलिन अनुहार लिएर म सामु आई अनि भक्कानिएर ूअब हामी त बसाँइ सरेर नेपालगञ्ज जाने रे, तिमिलाई कसरी छाड्नु मैले ?

भनेर एकै स्वरमा बेचैनी पोखी । हरि काका सरकारी कर्मचारी, सदरमुकामको मालपोत अड्डामा सुब्बा साप थिए, उर्मिलाको दाईले पनि भर्खरै एस।एल।सी। सक्काएको थियो, छोराछोरीको पढाई यहाँ गतिलो हुँदैन भनेर काकाले सबै घरजग्गा बेचेछन्, आफ्नो सरुवा मिलाएछन, अनि नेपालगञ्ज जाने भएछन् ।

पोहोर साल नै एक महिने बिदामा गएर घडेरी खोजी घर समेत बनाएर आइसकेका थिए रे । म सामान्य किसानको छोरो गाउँमै पढ्न त धौधौ थियो । जसो तसो गर्जो टार्दै आउनु भएको थियो आमाबुवाले, शहर गएर पढ्ने औकात नै थिएन ।

उर्मिलालाई रोक्ने सामर्थ्य पनि मसँग हुने कुरै भएन । भोली पल्टै उनीहरु नेपालगञ्ज तिर हानिए, २५ जना भरियालाई सामान बोकाएर । यसरी हाम्रो बिछोड भएको थियो ।

मिलन पछि बिछोड अवश्यम्भावी छ भन्ने थाहा नभएको होइन, तर हाम्रो प्रगाढ मिलनमा यति छिटै तगारो आइलाग्ला भन्ने मैल कल्पना पनि गरेको थिइन ।

मैले अतितका यति कुरा सम्झुन्जेल उर्मिला मेरै काँधमा टाउको राखेर आफनै धुनमा चुपचाप पल्टेकी थिई, सायद उसलाई पनि अतितले चिमोटेको थियो मलाई जस्तै । मैले अचानक भएको भेट प्रति खुशी प्रकट गर्दै चिन्न नसकेकोमा क्षमायाचना पनि गरें ।

उ पाँच वर्षे राजधानी बसाइ सक्काएर सुर्खेत जान लागेकी रैछ, एमबिएस सक्काएपछि एउटा वाणिज्य बैंकको ब्रान्च म्यानेजरमा नियुक्त भएर जागिर सम्हाल्न जान लागेको खबर सुनाई उसले ।

उसलाई भेटेरै गदगद भएको म उसको प्रगति देखेर थप प्रसन्न भएँ । “मलाई कसरी चिन्यौ त उर्मिला रु” मेरो प्रश्नमा उसले मैले धेरै साथिहरुबाट सुन्दै आएको पुरानै जवाफ फर्काएकी थिई, “तिमी त जस्ताको तस्तै, उचाइ बाहेक अरु एक इन्च पनि परिवर्तन भएका रहेनछौ, उस्तै गोरे, उस्तै चुइँसे ।” यति भनेर खितिक्क हाँसेकी थिइ उ ।

हुन पनि म मा खै किन केही परिवर्तन आएकै थिएन, केही समय अगडी केटाकेटी बेलाको आफ्नो तस्वीर फेसबुकमा अपलोड गरेको थिएँ, “यो फुच्चेलाई चिन्नु हुन्छ रु” भन्ने क्याप्सन सहित । फोटोमा धेरै साथिले परिवर्तन नभएको प्रति आश्चर्य प्रकट गर्दै कमेन्ट गरेपछि मैले “म जस्तो थिएँ, त्यस्तै छु र यस्तै रहिरहनेछु, बदलिरहनलाई म कुनै मौसम हैन” भनेर जवाफ फर्काइदिएको थिएँ ।

अब मलाई यो केटीले सिटी किन फुकी, किन जिस्क्याई भन्ने पनि प्रष्ट भो, उ कक्षामा मनिटर हुन्थी, अनि म सहायक मनिटर १ सहायक मनिटर पनि के भन्नु, उसको निजी सहायक जस्तै थिएँ म, उसको नियुक्ति बैधानिक थियो, हेडसरले नै नियुक्त गरेका थिए उसलाई । अनि मलाई उसले केही अख्तियार प्रत्यायोजन गरेकी थिइ, आफ्नै मनोमानीले, सरहरुसँग स्वीकृति नै नलिएर ।

साथिहरुले गल्ती गरेमा कारबाही गर्ने अधिकार हामीमा थियो, अनि पढ्नमा तेज पनि हामी नै थियौं, कारबाहीको डर र नजानेको सिकाइ माग्ने आशाले गर्दा कसैले पनि हाम्रो कुरा काट्न सक्थेनन् । हामीले जे चाहयो त्यही गर्न सक्थ्यौं साथिहरुलाई, अनेक नाम राख्ने, सिटी फुकेर जिस्क्याउने, बिना कारण सजाय दिने जस्ता कर्तुत गरिरहन्थ्यौं हामी ।

एक प्रकारले भन्ने हो भने हामीले पाएको अधिकारको व्यापक दूरुपयोग गरेका थियौं त्यतीबेला । साथीहरुलाई जिस्क्याउदा जिस्क्याउँदै पछीपछी त हामी दुईले एक अर्कालाई बोलाउदा समेत सिट्ठी फुक्ने र केहि संकेत गर्दा आँखा झिम्क्याउने संचारको नयाँ तरिका प्रतिपादन गरिसकेका थियौ । त्यसैले त्यही बिगत सम्झेर उसले जिस्क्याएकी हो भन्ने कुरा मैले सहजै ठम्याएँ ।

सूचना प्रविधिले फड्को मारेको यो जमानामा पनि हामी सम्पर्कबिहिन भएकोमा नरमाइलो लाग्यो हामी दुबैलाई । मैले फेसबुकमा उसलाई धेरै पटक सर्च गरें तर भेटिन । उसले भेटेर केही समय पहिले रिक्वेस्ट त पठाएकी रैछे तर नाम अर्कै राखेकीले मैले चिनिन्, फोटो त थियो तर भेट्दा त नचिन्नेले फोटो चिन्ने कुरै भएन । नचिनेका मान्छेहरुको रिक्वेस्ट म कहिल्यै एसेप्ट गर्थिन, त्यसैले उसको रिक्वेसट पनि पेन्डिङ मै रहेछ ।

त्यसपछि मैले उसले जिस्काउँदै फलो गर्न थालेपछि मेरो मनमा के के कुरा खेले, मैले के–के आशंका गरें, भनेर सुनाएको थिएँ । मेरो कुरा सुनेर उ भित्रै देखि खित्का छोडेर हाँसेकी थिइ । उसले पनि मलाई देख्नासाथ बालापनमा सिटि फुकेर जिस्काएको याद आएको र रोक्छु भन्दाभन्दै पनि त्यसो गर्न बाट आफुलाई रोक्न नसकेको प्रष्टिकरण दिई ।

मेरो मनको त्रास सुनिसकेपछि पनि उसले जिस्क्याउन भने छाडिन्, मेरो नाम नै चेन्ज गरेर ूअर्माण्डो गोन्जालसू राखिदिई । कक्षा १२ को अंग्रेजीमा ूँभबचू शिर्षकको एउटा कथा छ, जसको प्रमुख पात्र हो गोन्जालस, बैंकमा राखेको आफ्नो नगद झिकेर जाने क्रममा लुटिने भयले उसको मनमा कस्तो त्रास उत्पन्न भएको थियो भन्ने कुरा रमाइलो संग पस्केका छन् लेखकले उक्त कथामा ।

उसको र मेरो हालत उस्तै त भएको थियो, दुबैलाई वनको बाघले खानसम्म खाएको थियो । यसरी जिन्दगीकै सर्वाधिक रोमान्चक यात्रा, अनि रोमाञ्चक संयोग भोगियो, यात्राभर बालापन र बिछोड पछिका घटनाक्रमहरु बारे हाम्रो गफगाफ भइनै रहयो, बिहान ८ बजे हामी चढेको बस वीरेन्द्रनगर बजारको मंगलगढी चोकको साइडमा रहेको बसपार्कमा गएर रोकियो ।

उसको यात्रा सकिए पनि मैले फेरी ६७ किलोमिटरको यात्रा गर्न बाँकी नै थियो, गृह जिल्ला पुग्नको लागि । फेरी छुट्टिनु पर्ने बेला आयो । गफैगफमा हामीले फोन नम्बर त साट्नै भुलेछौं, उसले मेरो नम्बर ूअर्माण्डो गोन्जलसू भनेर सेभ गरी अनि उसलाई मिस्डकल गर्न लाएर मैले पनि उसको नाम ूजिस्क्याउने केटीू भनेर सेभ गरें ।

नयाँ न्वारन भएकोले दुबै खुशी भयौं, छुट्नु परेकोमा दुखी पनि । तर अब त सम्पर्क सुत्र भेटिएको थियो, नियमित सम्पर्कमा रहने बाचा सहित उ बसपार्कबाट अलप भई, म पनि अर्को बस चढेर गन्तव्य तिर लागें ।

प्रतिकृयाको लागि

https://twitter.com/Nischal_Ji