☰ open Loading... 7 September 2024|  

महसुल नतिर्नेको लाइन काट्न सुरु
  | १६ भाद्र २०७३, बिहीबार १३:२१

अझै उठेन तीन करोड ९५ लाख बक्यौंता

नेपाल विद्युत प्राधिकरण सुर्खेत शाखाले महसुल नतिर्ने ग्राहकको लाइन् काट्न सुरु गरेको छ । प्राधिकरणका अनुसार एक सातामा १२ जना ग्राहकको लाइन् काटिएको छ ।

‘वारम्वार ताकेता गर्दा पनि विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्न केन्द्रबाट निर्देशन भएको छ’ विद्युत प्राधिकरण शाखा सुर्खेतका प्रमुख दीपकजंग चौधरीले भने, ‘एक साताको अवधिमा १२ जना ग्राहकको लाइन काटेका छौं ।’

news p
प्राधिकरणका अनुसार वीरेन्द्रनगर–६ का मानबहादुर शाही, खातिमा साई, लुम्विनी सेलर मिल, खातिमा खाद्य उद्योग, कांक्रेविहार वाटर एण्ड फ्रुट इण्डिष्ट्रिज, मुस्कान राईस मिल एण्ड सेलर मिल, भेरी मेसिनरी उद्योगलगायतको लाइन् काटिएको हो । लाइन् काटिएका ग्राहकहरुले केही दिनपछि जरिवाना तिरेर पुनः जोडेको उनले बताए ।

सडक वत्ती वापत वीरेन्द्रनगर नगरपालिकाले प्राधिकरणलाई दुई करोड १८ लाख ६३ हजार ५५ रुपियाँ तिर्न बाँकी छ ।

प्राधिकरणका अनुसार सुर्खेतमा गत आर्थिक वर्षसम्म तीन करोड ९५ लाख १२ हजार दुई सय ६९ रुपियाँ बक्यौदा छ । सबैभन्दाबढी सडक वत्तीको बक्यौदा बाँकी रहेको कार्यालयको भनाई छ ।

सडक वत्ती वापत वीरेन्द्रनगर नगरपालिकाले प्राधिकरणलाई दुई करोड १८ लाख ६३ हजार ५५ रुपियाँ तिर्न बाँकी छ । ‘वारम्वार ताकेता गर्दा पनि नगरपालिकाले सडक वत्तीवापतको महशुल तिरेको छैन्’ उनले भने, ‘यसले गर्दा बक्यौदा बढी देखिएको हो ।’

यस्तै सर्वसाधारणबाट एक करोड ३८ लाख रुपियाँ उठ्न बाँकी छ भने सरकारी कार्यालयको ६३ हजार रुपियाँ उठ्न बाँकी छ । ‘समग्रमा हेर्दा विद्युत सुर्खेतको बक्यौदा रकम कम भएपनि सडक वत्तीको महशुल नउठ्दा धेरै देखिएको हो’ उनले भने, ‘सरकारी कार्यालयको उठ्न बाँकी महशुल लगभग शून्य जस्तै छ ।’

प्राधिकरणले बाँकी महशुल तत्कालै तिर्न अनुरोध पनि गरेको छ । ‘आफूले तिर्न बाँकी रहेको महशुल तिरेर सरकारलाई सहयोग गर्न हामीले आग्रह गरेका छौं’ प्राधिकरण प्रमुख चौधरीले भने, ‘लाइन काटिसकेपछि जरिवाना तिर्नुभन्दा पहिले नै तिर्दा सहज हुन्छ ।’