☰ open Loading... 22 September 2023|  

सर्पको टोकाईबाट एकको मृत्यु
  |

सर्पको टोकाईबाट सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको बामे गाबिस ८ की ५० वर्षीय गोरी वुढाको सर्पको टोकाईबाट मृत्यू भएको हो ।

आफ्न्तको घर बाँकेको कोहलपुर वनखेतमा गएको बेला उनलाई घरमा सुतिरहेको समयमा सर्पले टोकेको थियो । सर्पले टोके लगत्तै वुढालाई उपचारको लागि भेरी अञ्चल अस्पतालमा लगिएको थियो । तर उपचारकै क्रममा उनको बिहीबार विहान मृत्यु भएको परिवारिक स्रोतले जानकारी दिएको छ ।

!-- .entry-content -->