☰ open Loading... 17 May 2024|  

बाघले बाख्रा मार्न थालेपछि कृषक चिन्तित
  | १७ भाद्र २०७३, शुक्रबार ०८:५७

बाघले बाख्रा मार्न थालेपछि जिल्लाका पश्चिम क्षेत्रमा पर्ने कुनाथरी र तरंगाका कृषक चिन्तित बन्न थालेका छन् । कुनाथरीको जयपुर, भट्टेघारी र रानीवन तथा तरंगाको भाडेमा बाघले कृषकलाई सताएको हो ।

तीन महिनामा ५० वटा बाख्रा र चार वटा भैसी बाघको सिकार भएको कुनाथरी–९ जयपुरका जीतबहादुर शाहीले जानकारी दिए । उनका अनुसार असारदेखि बाघले बाख्रामाथि आक्रमण गर्नेक्रम बढेको छ ।

कुनाथरीकै रानीवनमा एक कृषकको खोरबाट चारवटा बाख्रालाई सिकार गरेको उनले बताएको आजको  साझा विसौनी दैनिक मा खवर छ । बाख्रा फर्म समेत सञ्चालन गरेका शाहीले ५० बाख्रा बाघले सिकार बनाउँदा ८ लाखभन्दा बढीको नोक्सान समेत भएको बताए । बर्दिया राष्ट्रिय निकुञ्जबाट बाघहरु गाउँमा पस्ने गरेको उनको भनाई छ ।