☰ open Loading... 14 December 2024|  

खुलेन जिनाबाङ गाविसको ताला
  | १७ भाद्र २०७३, शुक्रबार १२:४७

गाँउपालिकाको केन्द्र घतीगाँउ बनाउने प्रस्तावको बिरोधमा जिनाबाङ गाविसका स्थानीयले बुधबारदेखि गाबिस कार्यालयमा तालाबन्दी गरेका छन् । भौगोलिक विकटतालाई नहेरेर नक्साको भरमा कोरिएको गाँउपालिका केन्द्रको बिरोध गर्दै तालावन्दी गरिएको हो ।

तालावन्दीले गाविसको कार्यालयबाट हुने सेवा सुविधा बन्द भएको स्थानीयहरुको भनाई छ । आन्दोलनलाई अझै सशक्त बनाउन कुल बहादुर के.सीको संयोजकत्वमा नेपाली काङग्रेसबाट कुल बहादुर खत्री, एमालेबाट पहल बहादुर बिक र देबराज वली, माओबादी केन्द्रबाट प्रेम बहादुर वली, भरत के.सी, नेकपा माओवादी (वैद्य)बाट राम बहादुर डाँगी, बुद्धिजीवि मिश्री प्रसाद डाँगी रहेको नौ सदस्यीय सर्घष समिति गठन गरिएको छ ।

जिनाबाङको नाउलीमा विरोध स्वरुप कोणसभा गरिएको थियो । पूर्ब गाविस अध्यक्ष देबराज वलीको अगुवाईमा भएको कोणसभामा स्थानीयहरुको बाक्लो सहभागिता थियो ।

“जिनाबाङ, घर्तीगाँउ, तालाबाङ, राँक, ओत, पाखापानी गाँभेर गाँउपालिका बनाउन स्थानीयको सुझाव छ । उनीहरुले गाउँपालिकाको केन्द्र ओतको राङजीबाङ या जिनाबाङ, राँक, ओत, पाखापानी मिलाउएर जिनाबाङ बनाउनु पर्ने विकल्प दिएका छन् ।

तर यी विकल्पमा सहमति नभए जनमत संकलन गरि ६ नम्बर प्रदेशको बाघचौँर नगरपालिकामा समाबेस गनुपर्ने जिनाबाङ गाविसका सर्बदलियले निकालेको पे्रस विज्ञप्तीमा उल्लेख छ ।

राजनिति दलहरुले जनताको भावनामा हस्तक्षेप गर्दा आन्दोलनमा उत्रन बाध्य भएको बुद्धिजीवि मिश्रीप्रसाद डाँगीले जानकारी दिए । आफुहरुले घर्तीगाँउलाई कुनै पनि हालतमा केन्द्र स्वीकार नर्गने चेतावनी दिएका छन् ।