☰ open Loading... 26 April 2024|  

हामीलाई मुलुकको चिन्ता छ, सरकारको हैन् : एमाले पार्टी उपाध्यक्ष ज्ञवाली
  | १५ आश्विन २०७३, शनिबार १०:०४

‘तीन तहका निर्वाचन नभए देशमा ठुलो संकट आउँछ’

एमालेले पछिल्लो समय संविधान कार्यान्वयन, स्थानीय तहको निर्वाचनमा कसरी लाग्ने र प्रदेश अनुरुप पार्टीलाई कसरी मजबुत बनाउने भन्ने उदेश्यले प्रदेशस्तरिय कार्यक्रमलाई प्राथमिकता दिएको छ । प्रमुख प्रतिपक्षमा रहेको एमालेले सरकारले गरेका काम कारवाही र संविधान कार्यान्वयनमा कसरी अगाडी बढ्ने योजना बनाएको छ त ? यसैसन्र्दभमा रहेर नेकपा एमाले केन्द्रीय कमिटी उपाध्यक्ष तथा प्रदेश नम्बर ६ का संयोजक युवराज ज्ञवालीसंग पश्चिम नेपाल डटकमका सह–सम्पादक सुशील खड्काले गरेको कुराकानीका सम्पादित अंश ः

yub-raj

६ नम्बर प्रदेशस्तरिय बैठक पहिलो पटक सुर्खेतमा सम्पन्न भएको छ, मुख्य कुन कुन एजेण्डामा छलफल भयो ?

यो बैठकले सवै जिल्लाका पार्टी रिपोर्टहरु प्राप्त गरेका छौं । यो अभियान प्रदेशका सवै गाउँस्तरसम्म सञ्चालन गर्दैछौं । जिल्ला जिल्ला, निर्वाचन क्षेत्र, गाउँ स्तरसम्म पु¥याउन हामी तल्लिन छौं ।

पार्टी केन्द्रीय कमिटीको सातौं बैठकबाट पारित भएका कार्य योजनाहरुलाई कार्यान्वय गर्न पनि यसलाई प्राथमिकतामा दिएका हौं । प्रदेश कार्यालय सुर्खेतमा स्थापना पनि गरेका छौं ।

आगामी चैत्रमा नै स्थानीय तहको निर्वाचन हुन्छ त ?

स्थानीय तहको निर्वाचन गर्नमा आयोग बनेको छ । सवै पार्टी, जिल्ला लगायतबाट आयोगले सुझाव लिएको छ । ति सुझाव अध्ययन गरिरहेकाले समग्र निष्कर्षका आधारमा अघि बढ्ने छ भन्ने विश्वास छ ।

तर सवै पार्टीसंगको भएको छलफलले पनि चैत्रमा चुनाव गर्ने भन्ने छलफल र संवाद जारी छ । चुनाव हुने सम्भावना बढी नै देखिएको छ ।

संविधान संशोधनमा एमालेको धारणा के हो ?

संविधान संशोधन गर्नु नै हुँदैन भन्ने हाम्रो मान्यता हैन् । स्वंयम संविधान नै उल्लेख छ की आवश्यकता अनुसार संशोधन गर्ने भनेर । तर सवै मिलेर संविधान कार्यान्वयनलाई प्राथमिकतामा दिनुपर्छ ।

संशोधनका विषय उठायौं भने संशोधनका अनेकौ विषय हुन सक्छन्, द्वन्द्व बढ्छ, विवाद बढ्छ, स्थानीय निकायका निर्वाचन ओझोलमा पर्छ र संविधान कार्यान्वयन छायामा पर्छ ।

२०७४ माघसम्म अर्को निर्वाचन गर्छौ, त्यही बेला संशोधन गर्नुपर्छ । छलफल गरौंला । अहिले त सवै केन्द्रित भएर संविधान कार्यान्वयनमै लाग्नु पर्छ ।

यो विचमा थुप्रै कानुनहरु निर्माण गर्नुछ । संशोधन गर्ने हो भने के के विषयमा संशोधन गर्ने हो, त्यो एजेण्डा आउनु पर्छ एजेण्ड स्पष्ट नभएको बेला अलमलमा राख्नु हुँदैन भन्ने हाम्रो मान्यता हो ।

पार्टी भित्रको गुट अन्त्य गछौं र गर्नुपर्छ भन्ने अभिव्यक्ति बारम्बार दिनुहुन्छ । तर कार्यकताहरुमा भने पार्टीमा मौलाएको गुटले कमजोर बनाएको छ भन्ने आक्रोश छ । गुट अन्त्य कसरी गर्नुहुन्छ ?

संसारभरी नै पार्टी भित्र गुट र समुह हुन्छन । त्यो स्वभाविक हो । तर एमालेमा पनि केही अन्तरविरोध देखिएको हो । व्यक्तिको आधारमा चुनावमा भोट हाल्ने पद्धति अपनाउँदा पार्टी कार्यकतामा निराश बनाएको स्वभाविक हो । यसबारे केन्द्रमा व्यापक छलफल भएको छ ।

तर पार्टीको सातौं बैठकले पनि १० बुदे आचारसहिंता पनि पारित गरेको छ । यसमा कमिकमजोरी हटाउने, गुटबन्दीको अन्त्य गर्ने र कुनै पनि व्यक्तिको योगदानको मुल्याङ्कन गरेर अगाडी बढ्नु पर्छ भन्ने छ ।

सवै जिल्लालाई निर्देशन दिइसकेका छौं । प्रदेश ६ को बैठकले पनि यसलाई स्वागत गरेको छ । आगामी दिनमा पार्टीमा देखिएका समस्याहरु अन्त्य गर्दै मजवुत पार्टी निर्माण हुन्छ ।

प्रदेश ६ अव एमालेमय हुन्छ भन्नु भएको छ, यसका आधारहरु के के हुन् ?

प्रदेश नम्बर ६ का अधिकाँश जिल्लामा जितेका छौं । केही जिल्लामा थोरै मतले मात्रै हारेका छौं । समग्र प्रदेशको मुल्याङ्कन गर्ने हो हाम्रो स्थिती सुदृढ छ । हाम्रो पार्टी अध्यक्ष केपी ओली नेतृत्व सरकारले चलाएको नीति कार्यक्रमले अझै लोकप्रियता बढाएको छ । यसकारण पनि आधारहरु थुप्रै छन् । एमालेमय बनाउन हामी लागेका हौं ।

भिडियोमा हेर्नुस् । 

प्रदेश बैठकले पनि विकास केही कार्यक्रम सार्वजनिक गरेका छौं । ६ नम्बर प्रदेशको विकास लागि राजनीतिक पार्टी संलग्न एउटा विज्ञहरुको कमिटी बनाएका छौं, र विकासका आधारहरु कार्यकता भेलामा सार्वजनिक गर्नेछौं । विकास निर्माणका काम, पार्टीलाई सुदृढ र एकताबद्ध पारेर लैजाने सोच छ ।

एमाले पार्टीको अवको कार्यदिशा के हो ?

पार्टीको मुख्य कार्यदिशा भनेको संविधान कार्यान्वयन हो । तत्काल संविधान कार्यान्वयन र त्यसपछि मुलुकको समृद्ध उन्नतीमा अगाडी लाग्ने योजना तयार गरेको छौं । समग्रमा गुट उपगुट त्याग्दै  आगामी निर्वाचनमा एक नम्बर पार्टी बनाउने रणनीतिमा हामी जुटको छौं ।

अहिलेको सरकारले गरेका काम कारवाहीको बारेमा प्रतिपक्ष पार्टीको हैसियतले कसरी मुल्याङ्कन गर्नुभएको छ ?

यो सरकार षडयन्त्रपूर्वक आएको सरकारको रुपमा हेरेका छौं । सरकारले राम्रो काम गर्दा गर्दै अचानक सहयात्री दलले ठुलो धोका दियो । नाटकिय ढंगले सरकार गिराउने जुन खेल भयो त्यो गलत थियो ।

प्रचण्ड नेतृत्वले सरकारले गरेका काम कारवाहीमा सन्तोष गर्ने ठाउँ छैन् । विदेशसंगको सम्वन्ध खासै सुध्रिएको छैन् । राम्रो काम गरेमा हामी समर्थन गर्छौं । हामीलाई मुलुकको चिन्ता हो, सरकारको हैन् ।

कुनै कारणले संविधान कार्यान्वयन र तीनवटा निर्वाचन हुन सकेन भने देशमा ठुलो संकट आउने निश्चित छ । यसमा लापरवाही हुनु हुँदैन हामी सचेत हुनुपर्छ ।