☰ open Loading... 19 April 2024|  

चीन जोड्ने चार नाका तत्काल खुलाउन माग
  | १५ आश्विन २०७३, शनिबार १३:२२

१४ बुदे प्रस्ताव पारित गर्दै सकियो एमाले प्रदेश ६ को बैठक

दुई दिनसम्म सुर्खेतमा जारी नेकपा एमाले प्रदेश नम्बर ६ को बैठकले १४ बुदे विशेष प्रस्ताव पारित गर्दै सकिएको छ । एमालेका केन्द्रीय कमिटीका उपाध्यक्ष तथा प्रदेश नम्बर ६ का संयोजक युवराज ज्ञवाली नेतृत्वमा बसेको बैठकले विभिन्न १४ बुदे विशेष प्रस्ताव पारित गरेको हो ।

बैकठले केपी ओली नेतृत्वको सरकारले चीनसंग नाका जोडिएका हुम्लाको हिल्सा, लिमि, मुगुको नाक्ेलाग्ना र डोल्पाको धो–मरिमला नाकालाई औपचारिक रुपमा सञ्चालन गर्ने सम्झौतालाई कार्यान्वयन गर्न प्रचण्ड नेतृत्व सरकारसंग माग गरिएको छ ।

cpn-state-6

प्रदेश नम्बर ६ का मुख्य उत्तरी नाका सञ्चालन आए आर्थिक समृद्धिमा टेवा पुग्ने भएकाले प्रदेश स्तरिय बैठकले यसलाई विशेष प्राथमिकतामा राखेको नेकपा एमालेका प्रदेश नम्बर ६ का सह–संयोजक यामलाल कंडेलले जानकारी दिए ।

‘प्रदेश नम्बर ६ भारतीय नाकासंग जोडिएको छैन्, उत्तरी नाका सञ्चालनमा सरकारले पहल गर्नुपर्छ ।’ कंडेलले भने,–‘अहिलेको सरकार गम्भीर नभएकाले यसतर्फ एमाल कडा रुपमा पस्तुत हुनेछ ।’

cpn-state-6

राष्ट्रिय सडक सञ्जालले नछाएका जिल्ला डोल्पा र हुम्लामा सडकमार्ग जोड्न निर्माण कार्यलाई तिव्रता दिन सरकारलाई दवाव दिने बैठकले प्रस्तावमा उल्लेख गरेको छ ।

जन्म र मृत्यु भएको बेला २० केजी चामल दिने सरकारको निर्णयले कर्णालीबासीको भावनामाथि आँच आउने कार्य गरेकोले तत्काल सच्याएर कर्णालीबासीको स्वाभिमान बढाउने र समृद्धि हासिल हुने कार्यक्रम सञ्चालनका लागि माग गरिएको छ ।

nirnya3

प्रदेश नम्बर ६ का १० जिल्लाबाट पार्टी अध्यक्षहरुको सहभागितामा बसेको बैठकले पार्टीका सिद्धान्त, नीति, कार्यक्रम र निर्णयहरुलाई जिल्लास्तरमा अक्षरस्त कार्यान्वयन गर्ने प्रतिवद्धता पनि गरिएको छ ।

पार्टीको आन्तरिक एकता र परिचालन सुदृढ गर्न केन्द्रीय कमिटीले पारित गरेको निर्णयलाई कार्यान्वयन गर्दै सवै प्रकारका चुनौतीलाई सामना गरिने पनि निर्णय गरिएको छ ।

केही साता अघि भारत भम्रणमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको आन्तरिक मामिला तथा स्वतन्त्र परराष्ट्र नीतिमाथि आँच पु¥याएको भन्दै प्रदेश स्तरिय बैठकले आपत्ती जनाएको छ ।

केपी ओली नेतृत्व सरकारले सार्वजनिक गरेका कार्ययोजनालाई वर्तमान सरकारले उल्टाउने कार्य गरेकाले गलत रवैयाप्रति खेद प्रकट समेत गरिएको कंडेलले जानकारी दिए ।

उनले तीन तहकै निर्वाचन मिति घोषणा गर्न र संविधान कार्यान्वयन गर्नमा सरकारलाई प्रभावकारी भूमिका निर्वाह गर्न सरकारसंग माग गरिएको बताए ।

दोस्रो संविधानको निर्वाचनमा एमाले रुकुमका पार्टी कार्यकता सुरज कुमार परियार, शसिराम नेपाली, पहलसिंह परियार, कर्णबहादुर मल्ल र निर्मल प्रकाश मल्ल माथि नेकपा माओवादीले लगाएको झुठा मुद्दा तत्काल फिर्ता लिन पनि विशेष प्रस्तावमा उल्लेख छ ।

nirnya2

अघिल्लो सरकारले प्रदेश नम्बर ६ का विकास निर्माणका लागि सार्वजनिक गरिएको नीति कार्यक्रमलाई प्रभावकारी रुपमा सेवामुखी बनाउन बजेट निकासा गर्ने, आवश्यक प्रक्रिया पुरा गरेर गुणस्तरिय निर्माण कार्य सम्पन्न गर्न पार्टीले सवै सरोकारवाला निकायहरुलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने पनि जनाएको छ ।

तीन ठुला चाड नजिकै गरेकोले नागरिकलाई प्रदेश भित्रको हवाई र सडक यातायातलाई नियमित, व्यवस्थित र सर्वसुलभ गर्न पनि बैठकले माग गरेको छ ।

यस्तै, सुर्खेत, हुम्ला, कालिकोट, मुगु लगायतका जिल्लामा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपले क्षती पुर्याएका भौतिक संरचनाको पनर्निर्माण तथा पीडितहरुलाई उचित राहतको व्यवस्था गर्न सरकारसंग माग गरेको छ ।