☰ open Loading... 17 April 2024|  

ज्येष्ठ नागरिक दिवसको सार्थकता
  | १५ आश्विन २०७३, शनिबार १५:२४

मानिस बूढो हुन, अपराध होइन, एक दिन सवै बूढो अवश्य हुन्छ, यो धुव्र सत्य कुरा हो । हाम्रो देशमा ज्येष्ठ नागरिकप्रति परिवार, समाज र राज्यको भूमिका कमजोर छ । देशमा वृद्ध÷वृद्धामैत्री कानुनको अभाव छ । उनीहरुले राज्यमा सम्मानजनक बाँच्न पाएका छैनन् ।

Prem Bahadur Shahi

कुनै न कुनै किसिमबाट अपहेलना र तिरस्कृत हुनुपरेको छ । अझ भन्नुपर्दा नेपामा भखरैमात्र जारी भएको नेपालको नयाँ संविधान वि.स. २०७२ मा पनि जेष्ठ नागरिकको अधिकारलाई मौलिक हकमा समावेश गरिएता पनि त्यसमा ज्येष्ठ नागरिकलाई अन्य कुनै किसिको चित्त बुझ्ने गरी सम्बोधन गरिएको छैन ।

ज्येष्ठ नागरिकका लागि न त सरकारले कुनै ठोस नीति र कार्यक्रम बनाउन सकेको छ न त उनीहरुको आधारभूत आवश्यकतालाई कतैबाट सम्बोधन गर्न सकेको छ । ज्येष्ठ नागरिक सम्बन्धी नेपालको कानुनले ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह गर्नुपर्ने कर्तब्य परिवारको सदस्य, नातेदार वा हकवालालाई तोकेको छ ।

जवकि नेपालको कानुनले बुबा आमाको सम्पत्ति माथि छोराछोरीको हक लाग्ने संंवैधानिक ग्यारेन्टी गरेको छ । तर तिनलाई उचित्त स्वाहार गरेर पाल्नु पर्ने बाध्यकारी ब्यवस्था उल्लेख गरेको पाईन्दैन । ज्येष्ठ नागरिकका लागि बनेका ऐन यथार्थपरक र ब्यावहारिक भन्दा पनि भावनात्मक छ ।

ज्येष्ठ नागरिकका लागि सरकार किन निर्दयी छ ? देशभर अहिले २६ औँ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईएको छ । नेपालमा सरकारको तर्फबाट ज्येष्ठ नागरिहलाई भएको सवै भन्दा ठुलो सहयोग सामजिक सुरक्षा भत्ता मात्र हो ।

jestha-nagarik
वि.स.२०५१ सालमा मनमोहन अधिकारीे नेतृत्वको एमाले सरकारले ज्येष्ठ नागरिकलाई भत्ता दिने ब्यवस्था ग¥यो । त्यतिवेला ७५ वर्ष नाघेका वृद्धवृद्धालाई मासिक १ सय रुपैयाँ दिने कार्यक्रम लागु गरिएको थियो । पछि त्यसलाई बढाईयो । राज्यले यहि नै हो ज्येष्ठ नागरिकको लागि ल्याएको गौरव गर्ने विषय ।

अन्य देशहरुमा ज्येष्ठ नागरिकहरुलाई राज्यले विशेष किसिमको धनराशी खर्च गरी सम्मान गर्ने गरेका छन । वृद्धवृद्धाहरुलाई हौसला प्रदान गर्न आकर्षक पुरस्कार दिने ब्यवस्था गरिएको छ । उसको प्रत्यक्ष उदाहरण लिन सकिन्छ, जापान । अहिले जापानमा १ सय वर्ष उमेर नाघेका ज्येष्ठ नागरिको जनसंख्या ६० हजार भन्दा बढी पुगेकोे छ ।

एक सय वर्ष पुगेका ज्येष्ठ नागरिकलाई जापान सरकाले प्रमाणपत्र सहित सम्मान र प्रत्येक ज्येष्ठ नागरिकलाई ६५ अमेरिकी डलर बराबरको चाँदीको थाली उपहार दिने गरेको छ । जापानी महिलाहरुको औषत आयु ८६ वर्ष र पुरुषहरुको औषत आयु ८० वर्ष रहेको छ ।

यसरी अन्य देशमा ज्येष्ठ नागरिकलाई सम्मान गरिन्छ भने नेपालमा उल्टै अपहेलना र तिरस्कृत गरिन्छ । नेपाल सरकाले ज्येष्ठ नागरिकका लागि अहिलेसम्म कुनै ठोस कदम चाल्न सकेको छ न त ज्येष्ठ नागरिक घरपरिवार, समाज र राज्यबाट चित्त बुझ्ने गरी सम्मान पाएका छन ।

आखिर किन यसरी ज्येष्ठ नागरिक दिनप्रतिदिन घृणित भएका छन ? सर्वत्र चासोको विषय बनेको छ । नेपालको कानुनले ६० वर्ष उमेर काटेका नागरिकलाई ज्येष्ठ नागरिक भन्ने गरेको छ । नेपालीको औसत आयु ६९ वर्ष मात्र रहेको छ ।

वि.स.२०६८ को जनगणना अनुसार नेपालको कुल जनसंख्याको ८.१३ प्रतिशत हिस्सा अर्थात २१ लाख ५४ हजार ३ जना ज्येष्ठ नागरिह रहेका छन । अहिले यो संख्यामा केही बृद्धी भएको छ । सन् २०५० सम्म नेपालमा ज्येष्ठ नागरिकको जनसंख्या ६० लाख भन्दा धेरै हुने अनुमान गरिएको छ ।

अहिले धेरै जसो वृद्धवृद्धा घरपरिवार, समाज र देशका लागि बोझ बनेका छन । उनीहरु वृद्धाश्रममा घरपरिवारले ललाई फकाई राख्ने गरेका छन । उनीहरु खान, वस्न र लाउन नपाई छटपट्टिरहेका छन । वर्षौदिन वितिसक्दा पनि वृद्धाश्रममा आफन्तहरु रुपैयाँ तिर्न समेत जादैनन् ।

वृद्धाश्रममा विरामीहुँदा औषधि उपचार समेत पाउँदैनन् । यस्तो दर्दनाक छ, नेपालमा ज्येष्ठ नागरिकको अवस्था । देशभर सवैभन्दा बढी धनी सम्पन्न र रोजगार भएका घरपरिवारका वृद्धवृद्धा सडक पेटीमा रात दिन विताउनु परेको छ । ‘वावु आमाको मन छोराछोरी माथि छोराछोरीको मन मन ढुंङ्गामाथि ।’

भने जस्तै गर्ने गरेका छन, आफ्नै कोखबाट यो धर्तीमा पाईला टेकेका सन्तानहरुले बुढ्यौँलीमा ललाई÷फकाई वृद्धाश्रममा ल्याएर छोदिदिने गरेको दृश्यहरु देखिन्छ । दिनदिनै घरपरिवारबाट गाली गलोज गरी नाक, कानबाट पानी निस्कने गरी ब्यवहार भएपछि ज्येष्ठ नागरिक शान्त वातावरणको खोजीमा घर, समाज छोडि एकान्त हिड्ने गरेका छन ।

त्यसमा पनि सन्तान नभएकका र आर्थिक कमजोर भएका घरपरिवारका ज्येष्ठ नागरिहरुको अवस्था सवैभन्दा दयनीय छ । अहिले ८५ प्रतिशतभन्दा धेरै ज्येष्ठ नागरिक ग्रामीण भेगमा बसोवास गर्दछ । अधिकांशको दिचर्या नाति÷नातिना हेरचाह गरेर विताउने गरेका छन । आयमुलक सीप नसिकेका कारण घरपरिवार समाज र देशबाट ज्येष्ठ नागरिक धेरै अपहेलना र शारिरीक दुब्र्यवहारका घटनाको सिकार भईरहेका छन ।

करिव ९१ देशमा गरको राष्ट्रिय मानव अधिकार आयोग र ज्येष्ठ नागरिकहरुको अवस्थावारे ग्लोबल एज वाचले गरेको अध्ययनले ७७ औँ स्थानमा नेपाल छ । ज्येष्ठ नागरिकले सामाजिक स्वातन्त्रताको अनुभूर्ति गर्न पाएका छैनन् । उच्च ओहोदामा रहेका र रुपैयाँ कमाउने सन्तानले पनि बाबुआमाको ख्याल गर्न छोडेका छन ।

नेपालको कानुनले तोकेको निवृत्त उमेरको हदवन्दीले सामाजिक ब्यवस्थाले ६० वर्षको उमेरलाई सक्रिय उमेरका रुपमा स्वीकादैन । त्यसको प्रत्यक्ष जाँगर, सीप र अनुभव भएका वृद्धवृद्धाहरु पनि खाली हातमा बस्नुत परेको छ । कतिपय वृद्धवृद्धाहरु आत्मनिर्भर हुने बाटो हुदाहुदै कतिपय पूर्ण जीवन नै परनिर्भरता हुनुपरेकाले अपहेलना हुनु परेको छ ।

प्रशासनिक सेवाबाट ५८ वर्ष, स्वास्थ्य सेवामा ६० वर्ष र न्यायिक सेवामा ६३ वर्षमा अवकाश पाउने गर्दछन । बास्तवमा भन्ने हो भने ज्येष्ठ नागरिकको आधिकारीक तथ्यांक अहिले सम्म पनि सरकारसमक्ष छैन । ज्येष्ठ नागरिक वास्तविक कति, कहाँ, कुन अवस्थामा छन ? भन्ने समेत कुनै ठोस तथ्य भेटिदैन । त्यसको लागि वृहत् अनुसन्धन गरिनुपर्ने सम्बन्धी विज्ञहरु बताउने गरेका छ ।

त्यसको लागि राज्यले चासोको विषय बन्नु पर्दछ । अहिले समाजमा सवै तह, तप्का र उमेर समूहका मानिनहरु आफु पनि बूढो हुन्छौँ भनेर आत्मदेखि स्वीकार्न हिचकिचाउने गर्दछन । उमेर ढलकिदै जादा ज्येष्ठ नागरिकहरुको अधिकार पनि राज्यबाट कटौती हुने गरेको छ । जस्तै माया, मर्मता, सम्मान र स्नेहको अभाव छ । आफ्नो ज्येष्ठ नागरिक प्रतिको जिम्मेवारी सवैले भुल्दै गएका छन ।

अहिलेका युवा वर्गले आफु पनि बूढो हुन्छौँ भन्ने समेत हेक्का राख्दैनन् । सदावार एकैनासको भईरहने हो भन्ने गतल सोचाई गरिरहेका छन । यसले गर्दा पनि ज्येष्ठ नागरिक अपहेलना हुन पुगेका छन ।

तर्सथ मानिस वृद्धवृद्धा हुन कुनै पनि अपराध नभई सामाजिक विकासक्रम भन्दा बाहिरको कुरा हो भनि सवैले सोच्नु पर्दछ र ज्येष्ठ नागरिकलाई सवैले सम्मान गर्नुपर्दछ । अन्त्यमा सवै ज्येष्ठ नागरिकहरुको सु–स्वास्थ्यको कामना गदैं विजया दशमी तथा सुभ–दिपावली २०७३ सालको पावन अवसरमा सुख, शान्ति र समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमया शुभकामना गदिन चाहान्छु ।
सुझावका लागि newsdailekh@gmail.com