☰ open Loading... 19 April 2024|  

६ जना सम्मानीत
  | १६ आश्विन २०७३, आईतवार १४:४३

ठकुरी एकता समाज नेपाल केन्द्रीय कार्यसमति सुर्खेतले विभिन्न क्षेत्रमा क्रियाशिल ६ जनालाई सम्मान गरेको छ । आइतवार वीरेन्द्रनगरमा दसैं र तिहारको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरिएको हो ।

samman-photo

सम्मानीत हुनेहरुमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार डा.महेन्द्रकुमार मल्ल, साझा बिसौनी दैनिकका कार्यकारी सम्पादक विनोद शाही, मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष झकबहादुर शाही, सचिव भरत शाही, सदस्य धिरेन्द्र हमाल र कराँते खेलाडी डम्मर शाही रहेका छन् ।

सोही अवसरमा विश्वविद्यालयका रजिस्ट्रार डा.महेन्द्रकुमार मल्लका आमा विष्णुमाया मल्ल र पत्रकार विनोद शाहीका बुवा थीरबहादुर शाहीलाई समेत अभिनन्दन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला विकास समिति सुर्खेतका पूर्व सभापति गोविन्दबहादुर मल्लले ठकुरी समुदायको एकता र पहिचान स्थापित गर्नका लागि सबै ठकुरी समुदाय एकजुट हुनुपर्ने धारणा राखे ।

मप विश्वविद्यालयका रजिस्ट्रार डा.महेन्द्रकुमार मल्लले राजनीति गर्नका लागि वा अन्य कुनै स्वार्थका लागि नभइ ठकुरी समुदायको पहिचान स्थापित गर्दै एकता कायम गर्नका लागि ठकुरी समाजले भूमिका निर्वाह गर्नुपर्ने बताए । ठकुरी एकता समाज नेपालका केन्द्रीय महासचिव बिपेन्द्रविक्रम शाहले विभिन्न निकायको नेतृत्वमा पुगेका र सामाजिक सेवामा सक्रिय ठकुरी समुदायका ६ जनालाई सम्मान गरिएको भन्दै यस्तो कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

जिल्ला कार्यसमिति सुर्खेतका अध्यक्ष शेरबहादुर सिंहले ठकुरीहरुको एकता आजको आवश्यकता भइसकेको भन्दै सबैलाई एउटै मालामा गोलबद्ध हुन आह्वान गरे । कार्यक्रम समाजका केन्द्रीय अध्यक्ष रविन्द्रजंग शाहीको सभापतित्वमा सम्पन्न भएको हो ।