☰ open Loading... 22 May 2024|  

बैंकमा रकम सकियो सेवाग्राही मर्कामा
  | १६ आश्विन २०७३, आईतवार १८:४७

एक मात्र सरकारी नेपाल बैक लिमिटेड जाजरकोट शाखामा रकम अभाव भएको छ । बैकमा रकम सकिएपछि सेवाग्राही रित्तै फर्कन बाध्य भएका छन् ।

सरकारी कार्यालयको कारोवार हुने एक मात्र बैक नेपाल बैक लिमिटेड भएकोले पनि रकम सकिएको हो । रकम सकिएपछि सेवाग्राही मर्कामा परेका छन् । करीव २ हजार शिक्षकको दशै पेश्की र चार महिनाको तलब, निजामति कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतको दशै खर्च सहित २ महिनाको तलवभत्ता एकै पटक निकासा हुँदा बैकमा रकम अभाव भएको हो ।

आइतवार दिउसो साढे १२ बजे सम्म साढे दुई करोडको चेक साट्यौ रकम सकिएपछि सेवा बन्द गर्नु परेको बैकका जिल्ला प्रबन्धक कमल अधिकारीले बताए । उनले राष्ट्र बैकमा आवश्यक रकम तत्काल पठाईदिन माग गरिएको बताए ।

bank
रकम लिन बैकमा लाईन लागेका सेवाग्राहीहरु । तस्वीर राजेन्द्र कार्की

तर कहिले सम्म रकम आईपुग्ने हो टुङ्गो छैन । दशैको बेला करीव ४५ करोड रुपैया आवश्यक पर्ने सो बैकमा अझै २५ करोड रुपैया आवश्यक पर्ने बैकले जनाएको छ । तर जाजरकोट लगायतका पहाडी जिल्लामा राष्ट्र बैकले एकपटकमा १५ करोड भन्दा बढी रकम नदिने प्रबन्धक अधिकारीले जानकारी दिए ।

अव आउने १५ करोडले पनि नपुग्ने देखिएपछि बैकले दशैपछि बाँकीलाई भुक्तानी दिने योजना बनाएको छ ।जिल्लामा ठुला ब्यापारी र निक्षेपकर्ता कम भएको भएका ब्यापारीले पनि प्राईभेट बैकमा रकम जम्मा गर्ने सरकारी कार्यालयले ढिलो गरी निकासा छोड्ने गर्नले दशैको मुखैमा रकम भुक्तानी लिनेको निकै चाप बढेको प्रबन्धक अधिकारीको भनाई छ ।

जिल्ला स्थित सिटिजन्स बैक र रुकुमको चौरजहारी स्थित केही बैकहरुले सोमवार सम्म दुई÷तीन करोड जम्मा गर्ने जानकारी दिएका छन् उक्त रकम प्राप्त भयो भने सेवा सुचारु गर्ने बैकले जनाएको छ ।

बैकमा घण्टौ लाईनमा कुरेर पनि रकम नपाएर रित्तै फर्किएका शिक्षक कर्मचारी र सर्वसाधारण बैक प्रति आक्रोशित भएका छन् । उनीहरु सवै सदरमुकाममा अलपत्र परका छन् । कतिपयले समयमा निकासा नदिएको भन्दै कार्यालय प्रति रोश प्रकट गरेका छन् ।