☰ open Loading... 18 April 2024|  

समानता र सम्बृद्धिको यात्रा हुनुपर्छ : ज्वाला
  | १६ आश्विन २०७३, आईतवार १८:५१

juwalaनेकपा एमालेका पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले अबको यात्रा समानता र सम्बृद्धिको हुनुपर्ने बताएका छन । बिजया दशमी, शुभदिपावली लगायत पर्वका अबसरमा सल्यानको खलङ्गामा शुभकामना समारोह कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

यतिबेला सबैजना समाजको अन्याय अत्याचारको नियन्त्रण गर्नेतिर लाग्नुपर्ने बताउँदै ज्वालाले सम्बिधान गतिशील डकुमेन्ट भएकोले समय अनुसार परिमार्जन हुँदैजाने पनि बताएका छन् ।

ब्यस्थापिका ससंद् अर्थ समितिका सभापति समेत रहेका सल्यान क्षेत्र न २ का सासंद् ज्वालाले बिकासका लागि पनि सबैजना एक भएर लाग्नुपर्ने बताए ।