☰ open Loading... 3 December 2024|  

लघुवित्तका नाममा धनीलाई संरक्षण नगरौं : लघुवित्त विज्ञ श्रेष्ठ
  | १८ आश्विन २०७३, मंगलवार १६:४१

नेपालमा सञ्चालन भएका लघु वित्त कार्यक्रमका नाममा धनी व्यक्तिको संरक्षण गर्ने कार्य रोक्नु पर्ने लघुवित्त कार्यक्रमका संस्थापक एवं  लघुवित्त बिज्ञ शंकरमान आचार्यले बताएका छन् । गरिव, विपन्न र सीमान्तकृत समुदायका लागि लक्षित लघुवित्त कार्यक्रम पछिल्लो समय धनी व्यक्तिहरुलाई पोस्ने खालका भएकाले यस्ता गतिविधि रोक्नु पर्ने तर्क उनको छ ।

सेवामुलकभन्दा नाफामुलक रुपमा लघुवित्त कार्यक्रम सञ्चालन भएकोमा आपत्ति जनाउँदै लघुवित्त विज्ञ श्रेष्ठले आगामी दिन यस्ता गतिविधि बन्द गर्नुमा सरोकारवाला पक्ष गम्भीर हुनु पर्ने बताए ।

लघुवित्त बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लघुवित्त कार्यक्रमका संस्थापक एवं लघुवित्त विज्ञ शंकरमान आचार्य (दायाँ) ।
लघुवित्त बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लघुवित्त कार्यक्रमका संस्थापक एवं लघुवित्त विज्ञ शंकरमान श्रेष्ठ । (दायाँ) ।

‘लघुवित्त गरिव समुदायका लागि हो धनीका लागि होईन् ।’ श्रेष्ठले भने,–‘सेवामुलक लघुवित्त पछिल्ला समय नाफामुलक बन्नु आफैमा दुःखद् पक्ष हो ।’

सरकारले गरिवीको दर विस्तारै काम गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएपनि त्यो प्रभावकारी हुन नसकेको बताएका लघुवित्त विज्ञ श्रेष्ठले अझै नेपालमा झण्डै ४५ लाख परिवार गरिव रहेको तथ्याङ्क आफूहरुसंग रहेको दावी गरे ।

‘गरिवीको दर बढ्नुको मुख्य कारण लघुवित्त कार्यक्रम लक्षित वर्गप्रति केन्द्रीत नहुनु नै हो ।’ उनले थपे,–‘विपन्न वर्ग अझैपनि लघुवित्तको पहुँचमा छैनन्, धनी वर्ग मात्रै यसतर्फ उन्मुख छन् ।’

सुर्खेतमा पछिल्लो समय बौद्धग्रामिण, वातावरण लगायतका सहकारीले लघुवित्त कार्यक्रमबाट राम्रो काम गरेको भन्दै उनले बढीभन्दा बढी विपन्न वर्गमा लक्षित भएमा यसको प्रभावकारीता बढ्ने विश्वास उनको छ ।

‘मुख्यगरी गरिव तथा विपन्न वर्गको जीवनस्तरमा टेवा पुग्ने कार्यक्रम नै लघुवित्त हो ।’ श्रेष्ठ भन्छन्,–‘तर नेपालमा ग्रामिणभन्दा बजारमुखी हुँदा यसको लोकप्रियता बढ्न सकेको छैन् ।’

लघुवित्तमा जोडिनु मात्रै सवल पक्ष नभएको बताएका उनले कम्तिमा लघुवित्तबाट लिएको कर्जा उत्पादनमुखी कार्यमा लगाउँदा राम्रो प्रतिफल दिने बताए ।

‘लघुवित्त कार्यक्रमले सीपको उपयोग गर्न सिकाउँदै, बचत गर्ने वानीको थालनी गरेको छ’ उनले भने । लघुवित्तको प्रभावले नेपालमा हाल विपन्न समुदायका करिव २० हजार परिवारको बचत गर्ने वानीको विकास भएको उनको भनाई छ ।

बौद्धग्रामिण बहुउदेश्यीय सहकारी संस्थाले गरेको पत्रकार सम्मेलनमा लघुवित्त विज्ञ श्रेष्ठले लघुवित्तलाई प्रभावकारी बनाउनमा विऊ रोप्ने काम सहकारीले नै गर्नुपर्ने बताउँछन् ।

नेपालमा करिव ४० वैंकले लघुवित्तसम्वन्धि कामहरु गर्दै आएको जानकारी उनले दिए । अझैपनि कतिपय विपन्न वर्ग ऋण लिनुहुँदैन भन्ने मानसिकता कायमै रहेकाले यस्तो भ्रम चिर्न आवश्यक रहेको पनि उनी बताउँछन् ।

गरिवीको दर कम गर्नमा लघुवित्तको अहम भूमिका रहेकाले यसको महत्व र प्रभावकारीताका बारे बुझाउन आवश्यक रहेको श्रेष्ठको भनाई छ ।