☰ open Loading... 22 May 2024|  

दशैँको मुखमा डिपोको चामल सकियो
  | १८ आश्विन २०७३, मंगलवार १६:५४

जाजरकोटको बारेकोट क्षेत्रमा खाद्यान्नको अभाव भएको छ । दशैको मुखैमा खाद्यन्न अभाव भएपछि स्थानिय दशै कसरी टार्ने भन्ने चिन्ताले पिरोलिएका छन् ।

चामल लिने भनेर जिल्लाको नायकवाडा स्थित घाट डिपो पुगेका नायकवाडा १ का पृथीबहादुर सिह चामल सकिएपछि रित्तै फर्किन बाध्य भएका छन् । नेपाल खाद्य संस्थानको डिपोमा सोमवार चामल वितरण गर्ने खवर पाएर लिन गएका सिंह नपाउँदा रित्तै फर्किएका हुन् ।

dartee-1
दशैमा खाने चामल लिने भनेर गएका उनी बाँड्दा बाँड्दै सकिएपछि निराश भएर फर्किएका छन् । चामल लिएर दशैमा मासु भात खाने उनको चाहना नपाएपछि सपनामै सिमित भएको बताए । उनले घरमा अक्षता गर्ने चामल समेत नभएको बताए । चामल नपाउँदा उनी निराश भएका छन् ।

चामल नपाउँदाको पिडा रोकायगाँउ ३ का खुमबहादुर नेपाली पनि सिहको जस्तै छ । घरमा खाने अन्न छैन डिपोमा चामल पाईएन कसरी दशै मनाउनु उनले चिन्ता प्रकट गदै भने ।

सिह र नेपाली जस्तै त्यस क्षेत्रका सयौ स्थानिय चामल नपाएर हैरान छन् । किनेर खाउँ भन्दा पनि चामल पाईदैन कसरी दशै मनाउनु रामीडाँडा ८ का ऐनबहादुर गिरीले भने डिपोमा मौज्दात रहेको चामल एकै छिनमा सकियो सवैले पाउन सकेनौ ।

डिपोमा रहेको ८१ क्वीन्टल चामल एक घण्टामै सकियो खाद्य संस्थानको नायकवाडा स्थित घाट डिपोका प्रमुख दीपक अर्यालले भने चामलको माग अत्याधिक छ । धान उत्पादन नहुने र ढुवानी समस्याले गर्दा पनि यस क्षेत्रमा बर्षेनी खाद्य अभाव भैरहन्छ ।

जिल्लाका चार गाँउ विकास समिति नायकवाडा , सक्ला , रामीडाँडा र रोकायगाँउलाई लक्षित गरी स्थापना गरिएको डिपोमा समयमा चामल ढुवानी नहुँदा हाहाकार भएको हो । दशैलाई लक्षित गरी मौज्दात गरिएको गत आर्थिक बर्षको ८१ क्वीन्टल चामल सोमवार वितरण गर्दा गदै सकियोे प्रमुख अर्यालले भने चालु आवको चामल अहिले सम्म ढुवानी हुन सकेको छैन ।

प्रतिब्यक्ति ५ केजीका दरले दिदा पनि पुगेन उनले भने । जिल्लाका ति चार गाविस भौगोलिक रुपले अत्यान्त विकट गाविस हुन् । जुम्ला जिल्ला सँग सिमाना जोडिएका ति गाविसबाट सडक सञ्जाल सँग जोडिन दुई दिन पैदल हिड्नु पर्ने बाध्यता त छदैछ बाटोघाटो पनि निकै जोखिमपुर्ण भएकोले खाद्यन्न ढुवानीमा निकै समस्या रहेको स्थानिय विरेन्द्र ऐश्वर्य माध्यामिक विद्यालयका प्राचार्य गोरख बहादुर सिहले बताए ।

स्थलमार्गबाट त्यस क्षेत्रमा खाद्यन्न पुर्याउन निकै कठिन छ । बारेकोट क्षेत्रमा भएको खाद्य संकट टार्न र दशै अगाबै चामल पुरयाउने हो भने एक मात्र विकल्प हेलिकोप्टरबाट ढुवानी गर्नु रहेको प्राचार्य सिहले बताए ।

अन्न उत्पादनको दृष्ट्रिकोणले न्युन उत्पादन हुने त्यस क्षेत्रमा चाडवाडको मुखैमा खाद्यन्नको माग निकै बढेकोले हेलिकोप्टरबाट भएपनि खाद्य संकट टार्न उनले माग गरे । चार गाविसका २० हजार बढी नागरिकलाई यतिवेला कम्तिमा ५ सय क्वीन्टल चामलको आवश्यक पर्ने प्राचार्य सिहको भनाई छ ।

चालु आवको ढुवानी अनुदानको स्वीकृत एक हजार क्वीन्टल चामल ढुवानीको जिम्मा लिएका लक्ष्मण निर्माण तथा सप्लायर्स सेवाका प्रोपराईटर भक्तबहादुर बस्नेतले समयमा चामल ढुवानी नगर्दा दशैको मुखैमा हाहाकार देखिएको हो ।

ढुवानीको जिम्मा लिएका ठेकेदारले जिल्लाबाट ५० क्वीन्टल चामल बुझेर लिएको खाद्य संस्थानले जनाएको छ तर उक्त चामल अहिले सम्म डिपोमा पुग्न सकेको छैन । खाद्य संस्थानका निमित्त प्रमुख रामप्रसाद पौडेलले बारेकोट क्षेत्रमा भएको खाद्य संकट टार्न भन्दै तत्काल चामल ढुवानी गर्न ठेकेदारलाई बारम्वार ताकेता गरिएको भएपनि अटेर गर्दा समस्या भएको बताए ।