☰ open Loading... 28 February 2024|  

दुई वर्षदेखि टहरामै दशैँ
  | १८ आश्विन २०७३, मंगलवार १७:४१

हरिहरपुर ५ सिस्नेरीका सिर्जना विकका परिवार दुई वर्षदेखि गिरीघाटमा विस्थापित जीवन बिताइरहेका छन् । थपु्रै आफन्त र पुर्खौंदेखि आर्जेको सारा सम्पति बाढीले बगाएपछि पोहोरसाल उनीमात्र होइन् सबैको परिवारमा चाडपर्वको उल्लास छाएन् ।

‘न घर छ नत पैसा । कसरी दसैं मनाउनँ ?’ उनले भनिन्, ‘विस्थापितको जिन्दगी सधैं खल्लो छ । एक दिन दसैं आयो भनेर अरु रमाएको देखेरमात्र आफँ रमाउन्न सकिन्न ।’

bistapit

शिविर छेवैमा कर्णाली राजमार्ग छ । दसैं मनाउन घर फिर्नेहरुको राजमार्गमा चहलपहल बाक्लो छ । चार किमी पँर्वमा वीरेन्द्रनगर बजार पर्दछ । सबै दसैं तयारीमा व्यस्त छन् । घर रङरोगनदेखि सरसामान किनमेल गर्न भ्याइनभ्याई छ ।

तर, उनी यस्तो माहौल देख्न चाहन्नन् । ‘सबैले दसैं–दसैं भनेको सुन्दा मनै कुडिँन्छ । गाउँमा हुँदा नपुग्दो केही थिएन । अरुले जस्तै हाम्ले पनि रमाइलो गथ्र्यौं’ ३९ वर्षीय सिर्जनाले दर्द सुनाइन्, ‘दुई वर्ष बित्यो । अझैं यही ठाउँ बस्नुपर्ने भो ।

चाडवाड नआए हुन्थ्यो जस्तो लाग्छ ।’ शिविरमा वृद्धवृद्धा र बालबालिकामात्र छन् । युवा उमेरका विदेसिएका छन् । दसैंका लागि अन्यत्रका युवाहरु परदेशबाट गाउँघर फर्कन थालेपनि गिरिघाट शिविरका युवाहरु फर्केका छैनन् ।

हरिहरपुर गाविसबाट मात्रै एक सयभन्दा बढी परिवार भारत गएको अनुमान छ । आफन्त गुमाएकोदेखि घर, खेतबारी बगरमा परिणत भएको पीडाले गिरिघाट शिविरका विस्थापितको मन अशान्त छ ।

सरकारले पुनस्र्थापना तथा पुनर्वासका लागि ठोस कार्ययोजना नल्याउँदा शिविरमा कष्टकर जीवन बिताइरहेका छन् । निम्नस्तरको मजदुरी गरेर, गिटी कुटेर यहाँका विस्थापितको गुजारा चलेको छ ।

भेरी किनारका गाउँबस्तीमा ०७१ साउन २८ र २९ गते आएको भिषण बाढीले बगाएपछि हरिहरपुर गाविसका ७० बढी परिवार घनाजंगलको बीचमा त्रिपालमँनी बस्न बाध्य छन् ।

अर्का बाढीपीडित मोतीराम विकलाई पनि दसैं आएको कुनै महसुस छैन् । उनले जमरा पनि राखेनन् । ‘सुत्ने ठाउँ छैन् । कहाँनेर जमरा राख्नु’ उनले भने, ‘चाडपर्व–रामरमिता एकादेशको कथाजस्तै बन्यो ।’

चाडपर्व पैसा हुने, घरबार हुने, सुख–सयलसंग जीउनेहरुका लागि भएको बुझाई छ । बाढीले विचल्ली बनाएपछि कालापहाड (भारत) पसेका युवाहरुसमेत घर फर्केका छैनन् । ‘जहान (परिवार) अट्ने ठाउँ छैन् ।

त्यसैले युवाहरु आउन मान्दैनन्’ मोतीरामले भने । अगुवा बाढीपीडित ललितबहादुर शाहीले अति विपन्न दलितहरु बाढीबाट विस्थापित बनेकाले ती परिवारमा दसैंको रौनक छाउन नसकेको बताए । वीरेन्द्रनगर खोर्केलाइनका उनी पनि त्यही सालको बाढीबाट विस्थापित बनेका थिए । केही समय अघि पुरानै ठाउँमा घर बनाएर बसेका छन् ।

बाढीका कारण सुर्खेतमा मात्र ४ हजार परिवारका १६ हजार जनसंख्या प्रत्यक्ष प्रभावित भए । जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिका अनुसार बाढीले १ सय २५ को मृत्यु, १४ सय ६५ पँर्ण तथा ८ सय ७६ घरमा आंशिक क्षति पु¥यायो । सुरुको अवस्थामा ४ सय ५६ परिवार विस्थापित थिए । गिरीघाट, तरंगा, बाबियाचौरको तिखाकुना, लेखपराजुलको मसिना र वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्रमा गरी करिब १ सय ६२ परिवार अझैं विस्थापित छन् ।
सुर्खेतको गिरिघाट शिविरबाहिर दसैं दर्द सुनाउँदै विस्थापित महिला ।