☰ open Loading... 3 December 2024|  

अखाद्य वस्तु नियन्त्रण
  | १९ आश्विन २०७३, बुधबार १७:४४

चाड पर्व नजिकीदै गर्दा जिल्ला प्रशासन कार्यालय सल्यानले बजार अनुगमनलाई तीव्रता दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनको नेतृत्वमा रहेको एक टोलीले शारदा नगरपालीका वडा नम्बर ४ र वडा नम्बर २ खलङ्गा बजारमा अनुगमन गरेको छ ।

टोलीले पसलहरुमा साईनबोर्ड राखे नराखेको, पसल दर्ता, म्याद नाघेका सामानहरुको चेकजाँच गरेको थियो । टोलीले अनुगमनका क्रममा बिस्कुट, चक्लेट लगायतका म्याद सकिएका खाद्य सामान र कोक फ्यान्टा लगायतका पेय पदार्थहरु नियन्त्रणमा समेत लिएको टण्डनले जानकारी दिए ।

टोलीले धेरै ठाउँहरुमा पसल दर्ता नभएको, साईनबोर्ड नराखेकोे पाइएकाले ब्यवसायीहरुलाई १५ दिन भित्र प्रक्रिया पुरा गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी टण्डले जानकारी दिए ।

चाडपर्बको मौका छोपेर उपभोक्ताहरु ठगिन सक्ने तथा अखाद्य वस्तुहरु बिक्रि बितरण हुनसक्ने भन्दै त्यसलाई रोक्न बजार अनुगमन गरिएको टन्डनले बताए ।