☰ open Loading... 30 April 2024|  

धार्मिक स्थलको सरसफाईमा जुट्यो सशस्त्र
  | १९ आश्विन २०७३, बुधबार १८:३४

पछिल्लो समय धार्मिकस्थलको सरसफाईमा सशस्त्र खटिंदै आएको छ । सशस्त्रले दशै शुरु भएसँगै वीरेन्द्रनगरका धार्मिकस्थलहरुको सरसफाईलाई तीब्रता दिन थालेको हो ।

apf
नौरथा लागेसँंगै वीरेन्द्रनगरमा रहेका मन्दिरहरुमा दर्शन गर्न जाने भक्तजनको भीड बढेसंगै मन्दिर आसपास सरसफाई गरिएको छ । सशस्त्र प्रहरी रक्तकालि गण बाड्डेसीमले देउती बज्यै मन्दिर, शिवमन्दिर, कृष्ण मन्दिर, गणेशमन्दिर, जलेश्वर मन्दिर लगायतमा सरसफाई अभियान थालेको हो ।

रक्तकालिले बुधबार देउतीबज्यै मन्दिरको सरसफाई गरेको छ । दशै भित्रिएसँगै मन्दिरमा भक्तजनहरुको घुइचो लाग्ने हुँदा फोहोर अरु समयको तुलनामा बढी हुने भएकाले सरसफाइ गरिएको सशस्त्रले जनाएको छ ।

रक्तकालि गणका प्रमुख प्रहरी उपरीक्षक भरतप्रसाद पनेरु नेतृत्वको टोलीले मन्दिर सरसफाई गरेको हो । सो क्रममा ७० जना प्रहरीहरु सहभागी थिए । प्रहरीहरुको अतिरिक्त कृयाकलाप अन्तर्गत सरसफाई गरिएको पनेरुले जानकारी दिए । ।