☰ open Loading... 19 May 2024|  

अपभ्रंशमा दसैं
  | २० आश्विन २०७३, बिहीबार १७:२०

Prem Bahadur Shahiहिन्दू धर्मावलम्वीहरुको सवैभन्दा ठूलो महान चाड दसैं हो । यसलाई बडा दसैं, दशहरा, विजया दशमी, आयुध पूजाआजा आदीको नामले पनि चिनिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म मनाउने चाडपर्व अर्थात नेपालको सबै भू–भागमा मनाइने राष्ट्रिय चाड पनि हो ।

यसलाई आश्विन शुक्ल प्रतिपदाको दिन विहान जमरा राखी नवमीसम्म दुर्गासप्तशती चण्डी पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वातीको विशेष पूजाआजा आराधाना गरिन्छ । लोक कथा अनुसार त्रेत्रायुमा रामले आफ्नी श्रीमती सीतालाई रावणले हरण गरेपछि लंकामा लडाई गरी रावणलाई समाप्त गरी हरण भएकी श्रीमती फेरी आफुले ल्याउन सफल भएकाले अर्थात विजय प्राप्त गरेकाले अयोध्यावासीले यो विजयलाई उल्लासका साथ मनाएका थिए ।

त्यसवेला देखी विजया दशमी मनाउने प्रचलनको सुरु भएको किंवदन्ती रहेको छ । ‘असत्यमाथि सत्यको विजय’ भएको उत्सवका रुपमा पनि दसैंलाई लिईने गरिएको छ । सधैका वर्षहरुमा जस्तै यस वर्षको दसैं नेपालीहरुको घर आगनमा भित्रिसकेको छ ।

dashain

कसैले परम्परा अनुसार आफ्नो संस्कृतिलाई जोगाउन, ठूला मान्छेको हात बाट रातो रङको अक्षता लगाई नौ दिन सम्म बिभिन्न कष्ट सहेर गरेको पूजाको आशिर्वाद पाउने आशाको रुपमा मनाउने गर्दछन । भने कसैले वर्ष भरीका काम र थकानलाई छाडेर रमाईलो गर्ने पर्वको रुपमा हिन्दु धर्मावलम्वीहरु पनि मनाउने गर्दछन ।

दसैंको अक्षतालाई कहिल्यै नटुक्रीने, रातो रङलाई पराक्रमको रुपमा लिई निधारमा लगाउँदा सांसरिक शत्रुबाट मुक्ति पाईने धारणा पनि रहेको छ । यति मात्र नभएर दसैंको दिन पिङ खेल्ने र मिठो खाने कुराहरु खाने गरिएता पनि कसैलाई दर्सै एक बोझको रुपमा आउने गर्दछ ।

परपूर्वक कालदेखि यसरी दसैं मनाउँदै आएपनि २१ औं शताब्दी आएर दसैंलाई आ–आफ्नो तरिकाले मनाउन चलन बढ्दै गएको छ भने यसलाई विभिन्न कोणबाट ब्याख्या विश्लेष गर्ने गरिएको छ । छरछिमेकीले राम्रो लाएको, मिठो खाएको देखेर गरिवहरुले साउँबाट ऋण लिई बाध्यताले दसैं मनाउने गरेका छन ।

उनीहरुलाई दसैं आउनु भन्दा नआएकै राम्रो लाग्दछ । नेपाली समाजले विगतमा आफ्नो स्तरअनुसार खर्च गरी सामाजिक सद्भावलाई नखलबलाई धुमधामका साथ मनाउने दसैंलाई अहिले तड्क÷भड्कका साथ मनाउने प्रचलन हावी भएको छ ।

एकले अर्काको देखासिखी गदै आफनो क्षमता भन्दा माथी रहेर ऋणमा डुवेर भए पनि भडकिलो तरिकाले दसैं मनाउनेहरुको संख्यामा वर्षपिच्छे वढ्दैं गएका छन । विजया दशमीको निहुँपारी विभिन्न पेशामालाई आत्मसाथ गरि घरपरिवारबाट वषौंसम्म टाढा रहेका आफ्न्तहरु जम्मा भई मिठो चोखो खाने, आएक आपसमा भएका मनमुटावलाई थाति राखि एकै ठाउँमा जम्माभई, सुख दुःखलाई मेटाई आफु भन्दा ठूला मान्यजनहरुवाट टीका जमरा लगाई शुभ–आर्शिवाद थाप्ने, भातृत्व सद्भावले मनाउँदै आएको दसैं अहिले अनुसार परिर्वतन हुँदैजादा थुप्रै विकृति÷विसंगति भित्रिएका छन ।

जुवा, तास, मदिरा, एक आपसमा झैझगडा, काटमार गरेर, महंगा कपडाहरु किन्ने, सामाजिक सद्भाव विथोलिने गरी दसैं मनाउने गरिएको छ । यसरी दसैं समय अनुसार पछिल्ल वर्षहरमा अपभ्रंश हुदैं संस्कारलाई तिरष्कृत पार्ने काम गरिदैं आईएको छ । यतिमात्र नभएर लेखकहरुले पनि ‘दर्शै’ की ‘दसैं’ लेख्ने भन्नेमा ठूलै मतभेद रहेको छ । नेपाली शब्दकोषमा पनि यसलाई टडकालो देखिएको छैन ।

कुनै दिन यो विषयमा एउटा निष्कश त आउनला तर यो पंक्तिकार अहिले ‘दशैं’ नभएर ‘दसैं’ लेख्न पुगेको छ । विगतका दसैंहरु जसरी गएपनि यो दसैंलाई सवै नेपालीहरुले कहरले होइन, रहरले मनाउने गर्नुपर्दछ । दसैंमा भित्रीएका विकृति÷विसंगतिलाई हटाई भब्य र सभ्य दसैं मनाउन सवै एक हुनु पर्दछ ।

आफ्नो क्षमताको परीधिभित्र रहेर, जुवा तास, मदमदिरा सेवन नगरेर धनाड्य वर्गले गरेको तड्क÷भड्कमा नवहलिएर साधारण तरीकाले दसैं मनाउन पर्दछ । सममाजिक सद्भावलाई कसैले विथोल्ने प्रयास गरिनु हुदैंन ।

सकिन्छ भने राम्रो काम गर्न लागौं नसके नराम्रो काम पनि नगरौं ! हामी कसैले ‘आयो दसैं ढोल बजाई, गयो दसैं ऋण बोकाई ।’ भन्नु नपरोस ! भन्दै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीलाई वि.स. २०७३ सालको विजया दशमी, आउँदैं गरेको शुभ–दीपावली र छठले सुख, शान्ति, समुद्धि र सु–स्वास्थ्य एवं दिर्घायुसँगै उत्तरोउत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छु ।