☰ open Loading... 1 May 2024|  

जीप दुर्घटनामा चालकको मृत्यु
  | २१ आश्विन २०७३, शुक्रबार ०८:३७

jeep-acidantसल्यानमा जीप दुर्घटनाहुँदा चालकको मृत्यु भएको छ ।

शुक्रबार बिहान ५ः३० बजे जिल्लाको शारदा नगरपालिका वडा न.ं ६ मदमकाँडा नजिकै लु १ ज २९३४ नम्बरको जीप दुर्घटना भएको हो ।

जीप दुर्घटनामा जीप मालिक तथा चालक शारदा नगरपालिका–१ का ३२ बर्षिय घनश्याम थापाको मृत्यु भइको सल्यान प्रहरीले जानकारी दिएको छ ।

सहचालक शारदा नगरपालिका १ का याम बहादुर भण्डारी सकुशल छन् ।

सल्यान–रुकुम यातायात ब्यवसायी समितीको भाडाको जीप बुकिङ्गका बसपार्क जाने क्रममा दुर्घटना भएको हो ।

थापाको शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ ।

बाटोमा साँघुरो भएकाले जीप व्याक गर्ने क्रममा दुर्घटना भएको अनुमान प्रहरीको छ ।