☰ open Loading... 18 April 2024|  

रु. १० र २० का नयाँ नोट अभाव
  | २१ आश्विन २०७३, शुक्रबार ०८:४४

दशैका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट कम पठाएपछि सल्यानका बजारमा १० र २० रुपैयांका नयाँ नोटको अभाब भएको छ । बैंकहरुले समेत २० रुपैयाँका नयाँ नोट नभएको बताएपछि दशैँमा नयाँ नोट लिन नपाएको गुनासो नागरिकहरुको छ ।

यो बर्ष राष्ट्र बैंकले२० रुपैयाँ दरका २१ करोड थान नयाँ नोट छापेको थियो । तर चाहेजति नोट बितरण नगर्दा २० र १० रुपैयाँका नयाँ नोटको बजारमा अभाव भएको हो ।

nepalese-rupee

शारदा नगरपालिका ४ साहुटोलका ब्यापारी सुन्दर बस्नेतले बैंकमा जाँदा १० र २० रुपैयाँका नयाँ नोट बैंकले नदिएको बताए । १० र २० रुपैयाका नयाँ नोट नभएको भन्दै बैंकले नदिएपछि घण्टौं लाईनमा बसेर ५० र १ सयका नयाँ नोट साटेको बताए । तर सेवाग्राहीले घण्टौं लाईनमा बसेर पनि सानाभन्दा पनि रु ५० र एकसयका नयाँ नोट पनि नपाएको गुनासो गरेका छन् ।