☰ open Loading... 20 May 2024|  

‘अपराधिलाई राज्यले संरक्षण दियो’
  | २१ आश्विन २०७३, शुक्रबार ०८:५४

प्रहरीको मनोवल गिराउने गरी सरकारले राजनीतिक आडमा अपराधिलाई संरक्षण दिएको अमर प्रहरीका श्रीमतीहरुले आपत्ती जनाएका छन् । ६१ औं प्रहरी दिवसको अवसरमा उनीहरुले यस्तो आपत्ती जनाएका हुन् ।

जनताको सुरक्षामा खटिने प्रहरीको हत्या गर्ने अपराधीहरुलाई कुनै पनि हालतमा कानुनी दायरामा ल्याउनु पर्ने माग वीरेन्द्रनगर ५ की देविसरा थापाको छ ।

‘अहिले हामी घर न घाटको भएका छौं’ थापाले भनिन्, ‘राज्यले हेर्न छाड्यो, प्रहरी माथि आक्रमण गर्नेलाई राजनीतिक विषय बनाएर सरकार अपराधिलाई संरक्षण गर्दैछ । यो न्यायोचित पक्ष हैन् ।’ सरकारले नै प्रहरीको मनोबल गिराउने काम गरेकोमा दुःख व्यक्त गरिन् ।

maer-polcie

राज्य कति प्रहरी प्रति कति गम्भीर छ भन्ने पछिल्लो उदाहरण टीकापुर घटनाले पुष्टि गरेको भन्दै अमर प्रहरी परिवारकी अध्यक्ष नन्दा श्रेष्ठले जघन्य अपराधीलाई माफी नदिन सरकारसंग आग्रह समेत गरेकी छन् ।

‘वास्तवमा प्रहरी जनता र सरकार दुवैबाट पीडित छौं । यस्तो हुनु दुर्भाग्य हो’ श्रेष्ठ भन्छिन् ।

एउटा द्वन्द्व सकिएपनि थरीथरिका द्वन्द्वका सिर्जना हुने संकेत देखिएकोमा अमर प्रहरीका परिवारको चिन्ता जनाएका छन् । जुनसुकै अपराधलाई पनि राजनीतिक रंग दिने प्रवृत्ति कायम रहे समाजमा कहिल्यै शान्ति नछाउने भनाई उनीहरुको छ ।

जुनसुकै युद्ध, आन्दोलमा प्रहरीलाई राज्यले नै अचानो बनइरहने प्रवित्ती गलत भएको देवीसराको तर्क छ । क्षेत्रीय प्रहरी प्रमुख (डिआईजी) माधवप्रसाद नेपालले अमर प्रहरीको योगदान कहिल्यै भुल्न नसकिने बताएका छन् ।

प्रहरी कर्मचारीको मनोबल अभिवृद्धि गर्न, तीनका आश्रित परिवारको उपचार लगायतका कल्याणकारी योजनाहरु लागि गरिएको भन्दै डिआइजी नेपालले सुचना र प्रविधिमा आएको चमत्कारिक विकास प्रहरीका लागि ठुलो चुनौति भएको बताए ।

पो पनि पढ्नुस् ।