☰ open Loading... 20 May 2024|  

जीपको ठक्करबाट एक गम्भीर
  | २२ आश्विन २०७३, शनिबार १६:३४

जीपको ठक्करबाट सुर्खेतको वीरेन्द्रनगरमा एक जना गम्भीर घाइते भएका छन् । वीरेन्द्रनगरको चेम्वरमार्गको तल्लो चौक नजिकै लु १ च ८२–८७ नम्वरको बोलेरो जीपले ठक्कर दिँदा वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १८ का बलबहादुर वि.क गम्भीर घाइते भएका हुन् ।

घाईते बलबहादुरको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरिक्षक हर्कबहादुर रावलका अनुसार जीप चालक फरार रहेकाले खोजी जारी छ । ठक्कर दिएको जीप जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा छ ।