☰ open Loading... 19 May 2024|  

दशैँ कसैको दशा नहोस्
  | २२ आश्विन २०७३, शनिबार १७:१९

नेपाल पूर्वीय दर्शनको अध्यात्मिक र जीवन्त संस्कृति धरोहरको केन्द्र रहेको भन्दै हाम्रो धर्म मेटिए हाम्रो संस्कृति मेटिन्छ र हाम्रो संस्कृति मेटिए हाम्रो सभ्यताको मूल नै सुक्छ र हाम्रो संस्कृति र सभ्यता मेटिए हामी पनि मेटिन्छौं ।असत्यमाथि सत्यको विजय हो दशैँ ।

samjhana

असुर अर्थात् विध्वंसात्मक वृत्तिमाथि सुर अर्थात् सिर्जनात्मक वृत्तिले पाएको विजयको चिरस्मृति हो दशैँ । आपसी भाइचारा, एकताको मेलमिलाप हो दसंै । सांस्कृतिक सहिष्णुता र अन्तरघुलन नेपाली समाजमा पाइने सद्भाव र अन्तरसम्बन्धको प्रतीक हो दशैं ।

यस पर्वमा नेपालीहरूले जेठोबाट टीका थाप्ने र शुभकामना साट्ने परम्परा रहि आएको छ । नेपाली समाजको धैर्यशील र मिलनसार चरित्रले फैलाउनेआधार हो दशैँ । नेपालको अस्तित्व, स्वाभिमान एवं गौरवगाथाको समग्र रक्षाका प्रतिक हो दशैँ ।

राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भावको आधार हो दशैँ । कुनै धर्म र समुदायविशेषको मात्र नभएर सारा सारा सम्पुर्ण नेपालीहरुको पर्वकोदशैं। परिवारका सबै भेला भइ ठूलाको आशीर्वाद लिने परम्परा हो दशैँ । विजयादशमी, भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको प्रतिक हो ।

यहि उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने चलन हो दशैँ । आश्विन शुक्ल पक्षको दशमी तिथि पर्वको प्रमुख दिन हो दशैँ । भगवान् रामले रावणको वध गरेको दिनमा मनाइने खुसियालि हो दसंैं ।

दसैँ पर्वले दस प्रकारका पाप (काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरी) त्याग्ने प्रेरणा दिन्छ । धार्मिक ग्रन्थमा रहेका यी विशेषताहरूलाई हामीले मनन र आत्मसात् गर्न सक्यौं भने व्यक्तिले मात्र नभई समाज र सिंगो मुलुकले चाँडै नै काँचुली फेर्न सक्छ ।

यस अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा म तपाइहरुकै आवाजकि दुनियाकि सहयात्रि नेपालकी छोरी सुख शान्ति र प्रगतिको कामना गर्न चाहान्छु ।