☰ open Loading... 22 May 2024|  

पाँच लाखको लागतमा मन्दिर निर्माण
  | ३० आश्विन २०७३, आईतवार ०८:००

सल्यानको कोटमौलामा मन्दिर निर्माण गरिएको छ । बागचौर नगरपालिका वडा न ९ कोटमौला धामीढुँगा टोलमा रहेको बगेश्वरी मन्दिर निर्माण सम्पन्न गरेर उद्घाटन गरिएको हो ।

स्थानियको सक्रियतामा करिब ५ लाखको लागतमा सो मन्दिरको निर्माण गरिएको बताइएको छ । मन्दिर निर्माणका लागी स्थानियको आर्थिक र जनश्रमदान बढी छ ।

स्थानिय रेशम बहादुर डाँगी, पूर्ण बहादुर डाँगी, राम बहादुर डाँगी, र दिल बहादुर डाँगीले मन्दिरको निर्माणका लागी १ लाख बराबरको जग्गा दान गरेका थिए ।

यस्तै स्थानिय प्रसाराम डाँगी, प्रेम बहादुर डाँगी, सेर बहादुर डाँगी, दिल बहादुर डाँगी, देब बहादुर डाँगी, र भिम बहादुर डाँगीले बगेश्वरी मन्दिरमा ६ वटा घण्ट दान गरेको मन्दिर निर्माण समितीका अध्यक्ष इन्द्र बहादुर डाँगीले जानकारी दिए ।

यो मन्दिरमा पुजाआजा गर्नाले मनोकामना पुरा हुने र प्राकृतिक बिपत्तीबाट पनि छुट हुने धार्मिक जनबिश्वास छ ।