☰ open Loading... 12 April 2024|  

ब्रेक फेलहुँदा सुर्खेतको लादेमा फ्रोस गाडी दुर्घटना, १३ घाईते
  | ३० आश्विन २०७३, आईतवार १६:२५

दैलेखबाट सुर्खेततर्फ आइरहेको बा ३ ख ४२७६ नम्बरको मध्यपश्चिम यातायात व्यवसायीको फोस्र गाडी दुर्घटना भएको हो । गाडीको ब्रेक फेल हुँदा दुर्घटना भएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डिएसपी दिवाकर सिंहले जानकारी दिए ।

उनका अनुसार १३ जना यात्रु घाइते भएका छन् । ‘गाडी सडकमा पल्टिएको छ । दुर्घटनामा कसैको मृत्यु भएको छैन् ।’ सिंहले भने,–‘घाइते सवैको क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भैरहेको छ ।’

फ्रोस गाडीमा १९ जना यात्रु सवार थिए । तर घाइतेहरुको नामावली संकलन गर्ने क्रम जारी रहेको पनि क्षेत्रीय प्रहरी कार्यालयले जानकारी दिएको छ ।

http://paschimnepal.com/detail/2599