☰ open Loading... 17 April 2024|  

कारागार भित्रै कैदीहरुविच कुटाकुट
  | ३० आश्विन २०७३, आईतवार १८:४६

कारागारमा कैदिबन्दीहरु बिच झडप भएको छ । दशैँमा रमाईलो गर्दा गीत बजाउने बिषयमा २ समुह बिच झडप भएको तुलसीपुर कारागार प्रशासनले जनाएको छ ।

झडपमा परी १ जना कैदीको टाउकोमा चोट लागेर घाईते भएका छन् । कैदीहरुबीच झडप भएको कारागारका निमित्त जेलर भोजराज भण्डारीले जानकारी दिए । गीत बजाउने विषयमा झडप भएपछि झडप गर्नेहरु १२ जना कैदीहरुलाई अनेत्रै सरुवा गरिएको प्रशासनले जनाएको छ । कारागार व्यबस्थापन विभागको सिफारिसमा देशका विभिन्न स्थानमा ५ कारागारमा उनिहरुलाई सारिएको छ ।

कारागारका निमित्त जेलर भण्डारीका अनुसार काठमाडौंमा रहेको केन्द्रीय कारागार कार्यालय सुनधारामा २, डिल्लीबजार कारागारमा २, ललितपुरको नख्खु कारागारमा १, मकवानपुरको भिमफेदी कारागारमा ४ र नवलपरासी कारागारमा ३ जनालाई सारिएको छ ।

यसैविच तुलसीपुर कारागारमा १ सय २५ जना कैदीबन्दी राख्ने क्षमता भए पनि हाल कारागारमा १६ जना महिला र १ सय ७६ जना पुरुष गरी १ सय ९२ जना कैदीबन्दी रहेका छन् ।