☰ open Loading... 20 May 2024|  

३२ बर्ष पछि पक्राउ फरार अभियुक्त 
  | २ कार्तिक २०७३, मंगलवार १५:१८

बलात्कार अभियोगमा ३२ बर्ष अघि जेल सजाय सुनाईएका जाजरकोटका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । भेरीमालिका नगरपालिका ६ पुन्मा निवासी ६८ बर्षिय प्रताप वलीलाई प्रहरीले सोमवार पक्राउ गरेको हो ।

२०४१ सालमा गाँउकै एक जना किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत जाजरकोटमा जर्वजस्ती करणी उद्योग सम्बन्धी मुद्धा परेको थियो । अदालतले उनलाई दोषी ठहर्याउँदै ३ बर्षको कैद सजाय सुनाएको थियो ।

बलत्कार गर्ने वित्तिकै फरार भएका उनी भारतमा गएर लुकेर बसेका थिए । केही समय अघि उनी घर आएको सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए । जिल्ला अदालतको आदेशले कैद भुक्तानका लागी जिल्ला कारागार चलान गरिएको बोहराले बताए ।