☰ open Loading... 17 September 2024|  

लाखौं खर्चेको विद्यालय भवन जिर्ण
  | २ कार्तिक २०७३, मंगलवार १५:३५

सल्यानको घाँजरीपिपल गाविस मैदु ५ मा रहेको कृष्ण मावि लेखसग्रहिको नयाँ भवन प्रयोगविहिनहुँदा जिर्ण बन्दै गएको छ । घाँजरीपिपलमा आर्थिक वर्ष ०६३।०६४ मा ९ लाख २५ हजारको लागतमा निर्माण भएको सो विद्यालय प्रयागमा नआउँदा जिर्ण भएको हो ।

६ कोठे भवन विद्यालय स्थाननान्तरण विवादका कारण प्रयोग नभए पछि भत्कने अवस्थामा पुगेको छ । घाजरिपिल गाविस वडा ७ बाट घाँजरीपिपलको वडा ५ मैदुपोखरीमा कृष्ण मावि सार्ने निर्णय अनुसार उक्त ६ कोठे भवन निर्माण गरिएको थियो ।

school

भवनको लागि जग्गा दान गरेका समाजसेवी राम वहादुर वुढाका अनुसार विद्यालय मैदुपोखरीमा सार्ने भनेर सर्वपक्षिय र सर्वदलिय सहमति भए अनुसार आफुले निःशुल्क जग्गा दान गरेको र गाविसले ठुलो वजेट विनियोजन गरी भवन निमार्ण गरिएको हो ।

विद्यालय सार्ने कुरामा नीतिगत समस्या भएपछि निर्माणाधिन भवनको केहि काम अधुरै रहेको थियो । भवन प्रयोगविहिन हुदाँ दिन प्रतिदिन जिर्ण बन्दै गएको छ । भवनको मर्मत सम्वहारका साथै प्रयोगमा ल्याउनु पर्नेमा स्थानीयको माग रहे पनि राजनैतिक दलहरुले गाविसबाट बजेट विनियोजन नगर्दा समस्या भएको स्थानीय नारायण खड्काले वताए ।

भवन निमार्ण उपभोक्ता समितिका अध्यक्ष समेत रहेका खड्काले भवन प्रयोगमा ल्याउनु पर्ने र मर्मतको लागि थप वजेट छुटयाउन गाविसलाई प्रति वर्ष आग्रह गरे पनि सम्वन्धीत निकायले चासो नदिएको उनको भनाई छ ।

विद्यालय स्थाननान्तरण गर्ने विषयमा वडा वडा विच ठुलो विवाद भए पछि भवन प्रयोग विहिन वनेको थियो । ठुलो लागतमा निर्माण भएको भवनका पाता, ढोका र दार काठ चोरी हुदै जान थालेका छन् ।

भवनलाई जसरी भए पनि प्रयोगमा ल्याउनु पर्ने स्थानीयको जोडदार माग भए पनि स्थानीय सरोकार वाला निकायले चासो नदिदाँ भवन भत्कने अवस्थामा पुगेको छ ।