☰ open Loading... 17 September 2024|  

फेसबुकको फन्दामा किशोरी
  | ३ कार्तिक २०७३, बुधबार १७:०७

facebook

फेसबुकबाट उनीहरुको चिनजान भयो । त्यसपछि फोन नम्वर आदानप्रदान भयो र गहिरो माया बस्यो । १६ वर्षीया ति बालिका नवलपरासी दलदलेका गोपाल भुसालसँग विवाह गर्न राजि भइन् ।

दाङ्–दिल्ली रुटका बस चालक गोपाल र ति किशोरीको घरको दुरी मात्रै ३० किलोमिटरको फरकमा छ । न देख्नु न भेट्नु । तर झन्डै ६ महिनाको फेसबुक प्रेमपछि किशोरी विहे गर्न राजी भइन् । गोपालले दिएको ठेगाना पछ्याउँदै उनी १८ वर्षिया अर्की साथीलाई लिएर असोज २८ गते घर छाडेर बुटवल आइ पुगिन ।

बुटवलबाट नेपालगन्ज आउने बसमा जव उनीहरु बसे त्यसपछि ति किशोरीको मोवाइलमा फोन आयो म गोपालकी दिदि बिनिता हो । तिमीहरुलाई यहाँ ९नेपालगन्ज० आउँदासम्म गाडी भाडा लाग्दैन् राम्रोसँग आउनु । लगत्तै उनले ति किशोरीकै मोवाइलबाट उक्त बसका चालकसँग कुराकानी गरिन् । ति किशोरीहरुलाई २८ गते बेलुका बाँकेको चप्परगौडीस्थित प्यूठानी भुसाल होटलमा उक्त बसले आरालि दियो ।

बिनिताले ति किशोरीहरुलाई आप्नो परिचय दिइन् र अर्की आप्नो साथी शोभासँग पनि परिचय गराइन् । त्यहाँ गोपाल थिएनन् । संयोग त्यसै दिन गोपालको दिल्ली नम्वर रहिछ । उनी बस लगेर दिल्ली गएका रहेछन ।

तीनदिन पछि गोपाल दिल्लीबाट आउछ त्यतिन्जेल तिमीहरु यही बस्ने बिनिताको भनाइलाई उध्रृत गर्दै पीडित किशोरीले संवाददातालाई भनिन । तिमीहरु दिल्ली जाने उत्तै बस्ने र काम पनि राम्रो पाइन्छ, पैसा पनि राम्रो कमाइ हुन्छ बिनिता र शोभाले ति किशोरीहरुलाई यही भन्न थाले । कोठाभित्रै खाना खुवाउथे ।

‘भारत जाने बेला जमुनाह नाकामा चेकजाँच गर्छ भेष बदलेर जाने है हामी’ शोभाले ३० गते विहान १८ वर्षीया किशोरीलाई भनिन् । तिम्रो लामो कपाल छ काट्नु पर्छ त्यसपछि कसैले चिन्दैन् शोभाले भनिन र उनले कोहलपुर चौराहमा लिएर लामो कपाल काट्न लगाइन् ।

कलिला छोरीहरु गायव भएपछि परिवारमा रुवाबासी सुरु भयो । साँझसम्म कतै साथीकोमा गए होलान जस्तो लाग्यो तर नफर्किएपछि २८ गते साँझ फोन गर्दा दुवैको मोवाइल अफ दियो ।

नवलपरासी प्रहरीले खवर गरे तर कुनै अत्तोपत्तो लागेन । ३० गते मोवाइल नेटवर्कको आधारमा बाँकेमा रहेको थाहा भयो । १८ वर्षिया किशोरीका वुवा बिष्णु प्रसाद पाण्डेले भने–‘बाँके प्रहरीको समन्वयमा चप्परगौडीबाट उनीहरुलाई उद्दार गर्न सफल भइयो ।’ प्रहरीले ति चालकलाई दिल्लीबाट फर्किदै गरेको अवस्थामा जमुनाहबाट पक्राउ ग(यो भने होटल सञ्चालक बिनितालाई पनि नियन्त्रणमा लियो ।

वेचविखनकै ठूलो डिजाइन देखिन्छ प्रहरी भन्छ–‘धन्न किशोरीहरुलाई उद्दार गर्न सकियो ।’ ति बस चालकको फेसबुक आइडी, होटलमा बिनिताले बोलाउने नाम र नागरिकताको नाम सबै फरक देखियो प्रहरीको प्रारम्भिक अनुसन्धान देखाएको छ ।

उनले गोपाल भुसालबाट फेसबुक आइडी चलाउने गरेका थिए भने होटलमा केशव नामबाट बोलाउने गरिन्थ्यो तर बास्तविक नाम नुमाकान्त भुसाल हो । नुमाकान्तले दिल्लीमा आफुले खाजा खाने होटलमा काम मिलाइदिनका लागि ति किशोरीहरुलाई लग्न लागेको वताएका छन् ।

‘आर्थिक अवस्था पनि कमजोर भएका ति किशोरीहरु प्रलोभनमा परेर आएको जस्तो देखिन्छ जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दाफाँट इन्चार्ज बीरबहादुर थापाले भने–‘पछिल्लो समय प्रबिधिका कारण बेचविखनको जोखिम बढेर गएको छ ।’ कि किशोरीहरुले एउटीले कक्षा ८ र अर्कीले १० मा अध्ययन गर्दैछन् । शोभा भने फरार छिन् । प्रहरीले पक्राउ दुवै जनालाई नवलपरासी प्रहरीको जिम्मा लगाएको छ ।