☰ open Loading... 12 June 2024|  

अबैध औषधी विक्रि गर्ने मेडिकल सञ्चालक पक्राउ
  | ३ कार्तिक २०७३, बुधबार १८:२७

अबैध रुपमा औषधी बिक्री बितरण गर्ने दाङ जिल्लाका मेडिकल संञ्चालकहरुलाई प्रहरीले प्रक्राउ गरेको छ । डाक्टरले जाँच गरेको पर्चा बिना नै अबैध रुपमा दुब्र्यसनिहरुलाई औषधी बिक्री गर्ने तुलसीपुर नगरपालिका वडा नं ५ प्रगति टोल स्थिीत प्रकृति आयूवेर्दिक मेडिकलहलका संञ्चालक गुल्मी ३ घर भई हाल तुलसीपुर वडा नं ५ मा बस्ने ३३ वर्षका अर्जुन प्रसाद गौतमलाई बायोट्राम लेखिएको १७८ पत्ता र कोफ्ट ट्याब लेखेको १६ वटा पत्ता औषधीसहित प्रकाउ गरिएको छ ।

यसैगरी सल्यान ३ भुलचौर घर भएकी ३६ वर्षकी गिता चन्दले हाल तुलसीपुर न.पा वार्ड नं ५ नयाँ बसपार्क प्रतिक्षा मेडिकलहल संचालन गर्दै आएकी चन्दलाई पनि २२ पत्ता बायोट्राम र ३१ पत्ता कोफ्ट ट्याब लेखेको ट्याब्लेट औषधीसहित प्रक्राउ गरिएको छ ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कार्वाहीका लागी थप अनुसन्धान गर्न औषधी ब्यवस्था बिभाग क्षेत्रिय कार्यालय नेपालगंजमा पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक धिरजप्रताप सिंहले जानकारी दिए ।