☰ open Loading... 2 May 2024|  

जफत गरिएको मदिरा नष्ट
  | ६ कार्तिक २०७३, शनिबार ०७:४१

बर्दियाको ईलाका प्रहरी कार्यालय भुरीगाउँले बबई नगरपालिका अन्र्तगत आम्बासा भुरीगाउँ क्षेत्रका बिभिन्न साना ठुला पसलबाट अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

raksi-1

राजमार्ग आसपासका साना ठुला पसलबाट विभिन्न ८ वटा पसलबाट करिब १ सय १० लिटर मदिरा प्रहरीले बरामद गरी ईलाका प्रहरी कार्यालयको परिसर भित्र आज नष्ट गरेको हो ।

raksi-2

बरामद मदिरा र कच्चा पदार्थ स्थानिय राजनितिक दलका प्रतिनिधी, नगरपालिकाका कार्यकारी प्रमुख, पत्रकार सहितको रोहबरमा नष्ट गरीएको आजै नष्ट गरिएको होे ।

raksi-3

ईलाका प्रहरी कार्यालय भुरीगाउँबाट गएको टोलीले आम्बासा, रानीपुर, सिँहबाहीनी चोक, सहित राजमार्ग आसपासमा रहेका साना तथा ठुला पसललबाट अबैध घरेलु मदिरा सहित मदिरा बनाउने कच्चा पर्दाथ, भाँडा बरामद गरेको ईप्रका भुरीगाउँका प्रहरी सहायक निरीक्षक कृष्ण केशीले बताए ।

raksi-4

मदिरा पिएर बाटामा होहल्ला गर्ने तथा अराजक गतिबिधि गर्ने हुनाले त्यसको नियन्त्रण गर्नको लागि मदिरा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।