☰ open Loading... 17 May 2024|  

पार्किङस्थल नहुँदा नागरिकलाई सास्ती
  | ६ कार्तिक २०७३, शनिबार ०७:५०

सुर्खेतको वीरेन्द्रनगर मध्यपश्चिमाञ्चल विकास क्षेत्र अथात् प्रदेश नम्बर ६ को प्रस्तावित राजाधानी हो । वीरेन्द्रगनगर बाहिर जिल्लाका मानिसनहरु बसाई सरेर आउनेहरुको क्रम पनि जारी छ । यहाँ बसाई सरेर आउदाँ सवारी साधन संगै ल्याउने संख्यामा पनि उति थप हुदै गएको छ । बजारमा सवारी साधनको चाप पनि दिन प्रति बढ्ने क्रम जारी ।

जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगरमा संचालनमा सोरुम बाट मात्र साना तथा ठुला गरी भण्डै २० हजार सवारी साधन विक्रि वितरण भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

bazzar
व्यवस्थित पार्किङ्गस्थल नहुँदा विच सडकबाट हिड्न बाध्य नागरिक । तस्वीर : मदन

सवारी साधनको चाप बढ्दै गएपनि पार्किङको जिम्मेवारी लिएको वीरेन्द्रनगर कुनै चासो देखाएको छैन । शहरीकरण चाप बढ्दै गएपनि नगर व्यवस्थीत बनाउने जिम्मेवारी लिएको निकायले नै कुनै चासो नदिनु भनेको दुखतको विषय भएको वीरेन्द्रनगरका स्थानीयहरु बताउँछन् ।

प्रदेश नम्बर ६ को प्रस्तावित राजधानी सुर्खेतको वीरेन्द्रनगर व्यस्त शहर हो । यहाँको बजार करिव दैनिक पाँच हजार सम्म मानिसहरु बजारमा आवत जावत गरेका हुन्छन् । व्यवस्थित पार्किङ नहुदाँ आवत जावत गर्ने पैदल यात्रुहरुलाई सास्ती भोक्नु परेको एक पदैल यात्रुले बताए ।

सास्ती मात्र होइन व्यवस्थित पार्किङ नहुदाँ पैदल यात्रुहरु सडक दुर्घटनाका सिकार बन्न पुगेका छन । व्यस्थित पार्किङ नहुदाँ अव्यवस्थित बजार तरिकारले सडक, दोहोरो चल्ने यातायातका साधन र जथाभावी सवारी साधनको पार्किङ गर्नु पर्ने बाध्यता छ ।

मंगलगढी चौक देखी वीरेन्द्रनचौक सम्म सवारी वैंक छन् । व्यवस्थित पार्किङ नहुदाँ बैंकमा आगामी सवारी साधन पार्किङ गर्नु पर्ने बाध्य छ । यसरी सडकमा सावरी साधन पार्किङ गर्दा नागरिकहरुलाई आवत जावत गर्न समस्या सिर्जना हुने गरेको पैदलहरुले बताउँछन् ।

वीरेन्द्रनगर मुख्य शहर मंगलगढी चौक देखी वीरेन्द्रनगरचौक सम्म एक तर्फ नो पार्किङ गर्ने प्रवाधान राखिएको छ । प्रस्तावित राजधानी सम्भावनका बोकेको वीरेन्द्रनगरमा सम्बन्धीत निकाय ध्यान व्यवस्थीत पार्किङ निर्माण गर्न तर्फ केन्द्रित नहुदाँ हामी पैदल याुत्रहरुले दुर्घटनाको शिकार बन्नु परेको उनीहरुले दुखसो पोखे ।

जिल्लामा सवारी साधानको चाप बढे पनि बजार क्षेत्रको सडक विस्तार गर्नेतर्फ सरोकारवाल निकायको ध्यान नगएको स्थानीयको गुनासो छ । मध्यपश्चिमाञ्चल विकास क्षेत्रको मुख्य शहर देखी प्रदेश नम्बर ६ को प्रस्तावित राजधानी बन्ने समय साना तथा ठुला यातायातका लागि व्यस्थीत पार्किङ बारेमा निर्माण नगुर्न भनेको दुखतको विषय भएको उनीहरु बताउँछन् ।

वीरेन्द्रनगरको मुख्य बजारमा र्पािर्कक व्यवस्थापन विकल्प नभएकाले बजारमा रहेको जथाभावी पार्किङ हटाउन नसकिएको जिल्ला ट्राफिक कार्यालय कार्यालय सुर्खेतका प्रमुख हर्कबहादुर रावलले बताए । व्यवस्थीत पार्किङ नहुदाँ ट्राफिक व्यस्थामा चुनौति सिर्जना भएको प्रमुख रावलले जनाए ।

जिल्लामा सवारी साधनको चाप बढ्दै गएपनी नगर व्यवस्थापनको जिम्मेवारी लिएको निकायले जिम्मेवार वहन नगर्दा वीरेन्द्रनगरको मुख्य बजारमा ट्राफिक व्यवस्थापन चुनौति देखिएको प्रमुख रावलले बताए ।

मुख्य बजार क्षेत्रभित्र बैंक धेरै भएका कारणले पनि बैकहरुका निजी पार्किङ नहुदाँ ट्राफिक जथाभावी पार्किङ हुने गरेको उनले बताए । साथै वैंक तथा फुटफाँटहरुमा साना तथा ठुला सवारी साधनहरु जथाभावी पार्किङ गर्दा पदैल यात्रुलाई ठुलो कठिनाई भोग्नु परेको ट्राफिक कार्यालयको भनाई छ ।

यता वीरेन्द्रनगर नगरपालिका का कार्यकारी अधिकृत बालाराम शर्माले व्यवस्थित पार्किङ बनाउनका लागि कुरा अघि बढेको उनले बताए । जग्गा नगरपालिका संग नहुदाँ र उपत्का नगरपालिकाले जग्गा दिन नमान्दा व्यवस्थित पार्किङ बनाउनका समस्या सिर्जना भएको शर्माले बताए ।

उनले उपत्यका नगर विकास समितिले पार्किकका लागि जग्गा उपलब्ध गराएरमा नगरपालिका साना सवारी साधनका लागि व्यवस्थित पार्किङ बनाउन तयारी रहेको कार्यकारी अधिकृत शर्माले बताए ।  हाल जिल्ला ट्राफिक संग समवन्वयन गरेर बजार क्षेत्रमा गाडीहरु व्यवस्थापन गर्ने कामहरु अगाडी बढेको उनले जानकारी दिए ।

Scoure : सिद्धदर्शन दैनिकबाट