☰ open Loading... 2 May 2024|  

खुला क्रिकेट प्रतियोगितामा योङ् स्टार विजयी
  | ६ कार्तिक २०७३, शनिबार १८:२३

शनिबारदेखि वीरेन्द्रनगरमा शुरु भएको खुल्ला एवम् क्लवस्तरिय क्रिकेट प्रतियोगितामा योङ् स्टार विजयी भएको छ । सुर्खेत कोरिया सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा भएको प्रतियोगितामा ७ विकेटले भक्टर स्टारलाई पराजित गर्दै योङ् स्टारले जित हात पारेको हो ।

khel

टस हारेर पहिले व्याटिङ्गको जवाफ पाएका भेक्टर स्टार क्रिकेट क्लवले २० ओभर आफ्नो ८ विकेट गुमाई १ सय ६१ रन बनायो । खेलमा प्रविन गिरीले ५० रन र विशालराज भट्टराईले २७ रत बनाए । बलिङ्गमा रुपक दाहाल, बबिन शर्मा र विनित खत्रीले समान २–२ विकेट लिए ।

जवाफमा १ सय ६२ रनको लक्ष्य बोकेको योङ्गस्टार क्लवले १ सय ८३ ओभरमा आफ्नो ३ विकेट गुमाई लक्ष्य भेटाएको थियो । खेलमा रुपक दाहालले धैर्यपुर्ण व्याटिङ्ग गर्दै ४९ रन र सौगात कार्कीले ३९ रनको योगदान दिए । शनिबारदेखी शुरु भएको प्रतियोगिताको उद्घाटन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले गरेका थिए ।