☰ open Loading... 11 November 2024|  

खेलमय बन्यो दैलेख
  | ८ कार्तिक २०७३, सोमबार ०८:५९

हिजोआज, दैलेख सदरमुकाम खेलमय बनेको छ । सदरमुकाममा खेल महोत्वस चलेपछि विभिन्न खेल मैदानमा खेलप्रेमीहरुले भरिभराउ छ । विशेष, भलिवल र फुटवलमा हेर्ने दर्शकहरु बढी छन् ।

सदरमुकाममा तृतीय दैलेखी यूथ कप खेल महोत्सव चलेपछि खेलमय बनेको हो । कात्तिक ५ गतेबाट चलेको खेल महोत्सवमा ६ सय खेलाडी सहभागी छन् । गाँउगाँउबाट महोत्सवमा भाग लिन खेलाडी सहभागी भएका छन् ।

महोत्सवमा फुटवल, भलिवल, ब्याटमेन्टिन र टेवुलटेनिस खेलहरु भैरहेको छ । अन्य खेलभन्दा भलिवल र फुटवलमा दर्शक बढी रहेको आयोजक दैलेख युथका अध्यक्ष प्रेम शाहीले बताए ।

khel

खेल महोत्सवले जिल्लामा चहलपहल गराएको छ । अध्यक्ष शाहीले भने, यूवाहरु खेलप्रतिको आर्कषण भएको पाईयो । खेल महोत्सव प्रत्येक वर्ष गर्ने गरिन्छ । ३ वर्ष देखीप्रत्येक वर्ष दंशैतिहारविचमा हुने गरेको छ ।

भलिवल खेल विहान दिउँसो र साँझ निकै परिष्प्रर्धात्मक रुपमा भैरहेको छ । आईतवारसम्म ७ टिमविच प्रतिस्पर्धा भएको आयोजकले जनाएको छ ।

दैलेखी युथको अनुसार ८ टिम सहभागी भएका थिए । एक टिम प्रतिष्पर्धाबाट बाहिएको जनाईएको छ । प्रतिस्पर्धा गरेका टिमहरुमा चुप्रा बजार, जिल्ला प्रहरी कार्यालय, विन्ध्याबासीनी, चौराठा, पुरानो बजार र बेस्तडा रहेका छन् ।

उनीहरुको खेल हेर्न जिल्लाभरबाट खेलप्रेमीहरुको सहभागी रहेको जनाईएको छ । भलिवन स्थानीय मैदान टुडीखेलमा भएको छ ।