☰ open Loading... 30 May 2024|  

गुणस्तरिय सडक निर्माण गर्न माग
  | ८ कार्तिक २०७३, सोमबार ०९:१२

भेरीगंगा नगरपालिका वडा नम्बर १३ नेपाली काँग्रेसका कार्यकताले निर्माणाधिन सडकको गुणस्तरमा ध्यान दिन खवरदारी गरेका छन् । रामघाटको राताचौरदेखि रामघाट बजारसम्म जोड्ने सडक गुणस्तरहिन भएको भन्दै यस्तो खवरदारी गरेका हुन् ।

नेपाली काँग्रेस सुर्खेतका कार्यसमिति सदस्य समेत रहेका रामबहादुर सिंहको अगुवाई गएको टोलीले सो सडकको निरिक्षण गरेको थियो । सडक निर्माणको क्रममा गुणस्तरमा ध्यान नदिएको भन्दै खवरदारी गरिएको सिंहले जानकारी दिए ।

उनले सडक कालोपत्रेमा भएका कमिकमजोरीलाई औंल्याएर सम्वन्धित निकायलाई ध्यानाकर्षण गर्दा पनि चासो नदेखाएको आरोप लगाए । तर आफूहरुले निर्माण व्यवसायी, सडक कार्यालयका सुपरभाइजर लगायतलाई यस विषयमा सुझाव दिएको सिंहले जानकारी दिए ।

उनका अनुसार आईतबार नै भेरीगंगा नगरपालिकाको वडा नम्बर १३ मा घरदैलो अभियानबाट स्थानीय नागरिकका सुझाव संकलन गरिएको छ ।

वडा नम्बर १३ मा भैरहेका विकास गतिविधि र उनीहरुको नयाँ योजनाका बारेमा प्रत्यक्ष जानकारी लिएको सिंहले बताए ।
यो अभियानमा भेरीगंगाका नगर सचिव रामबहादुर चन्द, क्षेत्रीय सदस्य प्रेमबहादुर विसी, वडा नम्बर १३ देखि १५ का वडा सभापतिद्वय झरसिंह बुढा र जगत बहादुर सिंहको सहभागिता थियो ।