☰ open Loading... 30 May 2024|  

चामुण्डामा एमालेको प्रशिक्षण
  | ८ कार्तिक २०७३, सोमबार ०९:३२

chamindaनेकपा एमाले गाउँ कमिटी चामुण्डाले पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नयाँ संविधान र पार्टीका आगामी योजनाका बारेमा जानकारी दिने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा विश्व प्रजातान्त्रिक युवा संघका पुर्व उपाध्यक्ष तथा राष्ट्रिय प्रतिनिधि परिषद्का पुर्व सदस्य योगेन्द्र शाही, जिल्ला कमिटी दैलेखका पुर्व सचिव प्रेम बुढा र रंड तामाङले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा निरक शाही, भद्रबहादुर शाही, डेभलप युवा क्लवका अध्यक्ष कमल शाही, युवा व्यवसायी सुरेन्द्र शाही, युवा कृषक लालबहादुर तारामी, युवा अभियन्ता नरेन्द्र शाही, दलित समुदायका अगुवा अम्मर नेपाली, विद्यार्र्थीका लोकप्रिय व्यक्तित्व चिनबहदुर शाही, धनबहादु तारामी, सागर साह, कर्ण खप्तडी, बलबहादुर शाही, मनबहादुर शाही, कुमेरबहादुर शाही लगायत ६५ जनाले एमालेमा प्रवेश गरेको मोहन शाहीले जानकारी दिए ।