☰ open Loading... 3 May 2024|  

मिठाई पसल अनुगमन तिव्र
  | १० कार्तिक २०७३, बुधबार ०९:२७

के तपाई दिपावली तथा छट–पर्वहरुमा मिठाई खरिद गर्दै हुनुहुन्छ ? तपाईलाई थाहा छ कस्तो मिठाई खरिद गर्न उपयुक्त हुन्छ ? यदि तपाईलाई थाहा छैन भने अव थाहा पाई राख्नु होस ? तपाईले बजारमा मिठाई खरिद गर्दा रङ्गहरु प्रयोग भएको मिठाई खरिद नगर्नु होस ।

रंग प्रयोग गरेको मिठाइ खरिद गरेका खादा तपाई र तपाईको परिवारको स्वास्थ्यमा असर पार्न सक्छ । सावधान । रङ्ग प्रयोग नगरेको मिठाइ मात्र खरिद गर्न होला । यदि तपाईले सस्तो मुल्यमा नक्कली मिठाई खरिद नगर्नु होला । यस्ता मिठाइले तपाईलाई दिर्घ रोगि बनाउन सक्छ ।

surkhet-mithai
एक पसलमा रंग प्रयोग गरी सजाएर राखिएका मिठाई ः तस्वीर पश्चिम नेपाल

पछिल्लो समय बजारमा अधिकासं मिठाई पसलहरुमा रङ्ग प्रयोग गरेर बनार्ईएको मिठाई पाइएको छ ।   जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनका क्रममा वीरेन्द्रनगर स्थित मुख्य बजारमा रहेका अधिकासं मिठाई पसलहरुले रङ्गहरु प्रयोग गरेर मिठाई बनाईएको पाईएको हो । गणेश चौक देखी मंगलगढी चौक सम्म गरेका ९ ओटा पसलहरुमा रंग प्रयोग गरेर बनाएका मिठाईहरु भेटिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले जानकारी दिए ।

यस्तै अनुगमनका क्रममा तीन ओटा मिठाई पसल एउटै नामको साइन बोर्ड राखेर संचालनमा ल्याईएको पाइएका छ ।  वीरेन्द्र चौक, गोदामलाइन र जुम्ला रोडमा रहेको मिठाई पसलहरु एउटंै सगरमाथा मिठाई पसल नाम राखि संचालनमा ल्याईएको अनुगमनका क्रममा यस्तो पाइएको हो ।

अनुगमनका क्रममा मिठाई स्थानीय स्तरमा बनेको भएपनि मिठाई बनाउनेका लागि प्रयोग हुने कच्चा पदार्थ भारतबाट आयत भएको पाइएको छ । साथै केही मिठाई पसलहरुमा कम्पनीको नाम भएको भारतबाट आयतको मिठाई विक्री गरेको मिठाईलाई अनुमगन टोली बरामत गएिको छ ।

यसैबिच गोदामलाइनमा रहेका ४ को रेष्टुरेन्टको समेत अनुगमन गरिएको थियो । अनुगमन गरेका रेष्टुरेन्टहरु सरसफाई गरिएको पाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेको नृतत्वको नेतृत्वमा गएको सुयंक्त अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकिय अधिकृत हित प्रसाद पौडेल, राष्ट्रिय अनुसन्धान सुर्खेतका अनुसन्धान अधिकृत दिलबहादुर चौधरी, घरेलु तथा साना उद्योग विकास समिति मुख्य कार्यालय सुर्खेतका खरिदार बखतबहादुर शाही लगायतको उपस्थिती थियो ।