☰ open Loading... 10 September 2024|  

महाअभियोगमा मिलेर जाने मुख्य तीन दल सहमत
  | १० कार्तिक २०७३, बुधबार १८:५०

pm12

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरूद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावमा सहमतिको आधारमा अघि बढ्ने निर्णय गरेको छ।

बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बीच भएको बैठकले यस्ता निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

ुशीर्ष नेताहरुबीच शीर्ष तहको सम्वाद जारी राख्दै संविधान संशोधन, संविधान कार्यान्वयन, महाअभियोगलगायतका विषयमा सहमतिका आधारमा अन्तिम टुङ्गोमा पुग्ने गरी सकारात्मक छलफल भएको शीर्ष नेताहरुले जानकारी दिनुभएको छ,ु सचिवालयले भनेको छ।
बैठकमा संविधान संशोधन, संविधान कार्यान्वयन, व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोग प्रस्तावलगायत मुख्य राजनीतिक विषयहरूमा छलफल भएको जनाइएको छ।