☰ open Loading... 22 September 2023|  

रोल्पामा स्थानीय तहको खाका सार्वजनिक
  |

रोल्पा जिल्लामा ९ वटा स्थानीय तहको खाका सार्वजनिक गरिएको छ । स्थानीय तह पुनः सरचना प्राबिधिक सहयोग समिति रोल्पाले पत्रकार सम्मेलन गरेर एक नगरपालिका र आठ गाउँपालिका गरि ९ वटा स्थानीय तह रहने खाका सार्वजनिक गरिएको हो ।

new-rolpa

लिवाङ नगरपालिका को केन्द्र लिवाङ, त्रिवेणी गाँउपालिकाको केन्द्र त्रिवेणी वा जुगाँर, रुन्टीगढी गाँउपालिकाको कन्ेद्र होलेरी, सुकिदह गाँउपालिकाको केन्द्र पुत्लाखेत, शिबपुरी गाँउपालिकाको केन्द्र सुखाओडार, माडी गाँउपालिकाको केन्द्र घर्तीगाँउ, लुङ्ग्री गाँउपालिकाको केन्द्र सुलिचौर, सुनछहरी या जलजला या सुनछहरी जलजला गाउँपालिकाको केन्द्र पोवाङ र बराहक्षेत्र गाउँपालिकाको केन्द्र किलाचौर हाजवाङ रहने खाका प्रस्ताब गरिएको स्थानीय तह पुनः सरचना प्राविधिक सहयोग समितीका संयोजक तथा स्थानीय विकास अधिकारी सुशिल वैद्यले जानकारी दिए ।

प्रस्ताबित खाका सुझाव सकंलन र गाँउ गाँउमा छलफलका लागी सार्वजनिक गरिएको र यो नै अन्तिम नभएको वैद्यले बताउनुभयो । उपस्थीत पत्रकारहरुले स्थानीय नागरिकको प्रतिक्रियामा आधारीत रहि वैज्ञानिक खालको स्थानीय तह बनाउनु पर्ने सुझाव दिएका थिए ।

!-- .entry-content -->