☰ open Loading... 30 May 2024|  

नेपाली बजारमा भारतीय कृत्रिम माला
  | १२ कार्तिक २०७३, शुक्रबार ०९:४०

हराउँदै नेपाली संस्कृति

नेपालीहरुको बिजया दशमी पछिको दोस्रो पर्व तिहार आजबाट शुरु भएको छ । गाउँघर तथा सहरबजारमा सामान किनमेल गर्नेहरुको चहलपहल बढेको छ ।

mala-p1

तिहारका लागि आवश्यक पर्ने टिका, माला र अन्य सामग्रीहरू खरिद गर्न नागरिकहरु व्यस्त छन् । कतिपय घरबाहिर रहेकाहरू पनि घर फर्कि रहेका छन् । देउसी र भैलोका भाकाहरू समेत गुञ्जन थालका छन् ।

आधुनिकरणसँगै तिहार मनाउने प्रचलनमा समेत परिवर्तन हुँदै गएको छ । तिहारमा गणेशको पूँजा गर्ने, यमराजको आव्हान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, कटुस आदिको प्रयोगले दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, आरोग्य एवं दीर्घायु हुने धार्मिक तथा पौराणिक मान्यता रहेको छ ।

तर, पछिल्ला वर्षहरूमा तिहारमा मखमली र सयपत्रीको माला देखिनै छाडेका छन् । यसको ठाउँमा प्लाष्टिक तथा कृत्रिम मालाको प्रयोग बढ्दै गइरहेको छ । पछिल्लो समय भारतबाट भित्रिएका प्लाष्टिकका बनावटी मालाले यतिबेला वीरेन्द्रनगर बजार रंगीविरंगी बनेको छ । यसले तिहारको साँस्कृतिक महŒव समेत घट्दै गएको सरोकारवालाहरू बताउँछन् ।

malap2
सुर्खेत सदरमुकाम वीरेन्द्रनगर मात्र होइन जिल्लाका साना पसलहरूमा पनि भारतबाट आयात भएका कृत्रिम र प्लाष्टिकका मालाहरूले झकिझकाउ छन् । आफ्नै घरमा उत्पादन हुने मखमली र सयपत्रीको मालामा भन्दा भारतबाट आएको कृत्रिम र बनावटी मालातर्फ मानिसहरू आकर्षित भएका छन् ।

अर्कोतर्फ गाउँघरमा पुल्ने मखमली, सयपत्री र गुरधौली फूल पाउनै छोडेका कारण पनि मानिसहरू भारतीय माला किन्न बाध्य छन् । पछिल्लो समयमा प्राकृतिक फूलको महŒवलाई बिर्सदै गएकाले पनि भारतबाट भित्रिएको बनावटी प्लाष्टिकको मालाले स्थान जमाउन थालेको छ । गाउँघरमा ढकमक्क फूल फुलेपनि देखाउनकै लागि प्लाष्टिकको माला प्रयोग गर्ने संस्कार हावी भएको छ ।

malap3
नक्कली मालाप्रति मानिसहरूको आकर्षण बढेकै कारण जिल्लामा यो वर्षको तिहारका लागि झण्डै २० लाख मूल्य बराबरको प्लाष्टिकको माला भारतबाट भित्रिएको छ । वर्षेनी लाखौ रकम मालामै खर्च भएको छ भने अर्कोतर्फ जिल्लाको रकम भारत निर्यात भएको छ ।

देखावटी र महŒव नबुझेकै कारण तिहारमा सयपत्री, मखमली फूललाई मानिसहरूले भुल्दै गएका छन् । विशेषगरी भाइटिकाको दिन दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दुबोको मालाको अलगै महŒव भए पनि यो परम्परा हराउन थालेको छ ।

मखमली कहिल्यै ओइलाउदैंन, सयपत्रीको रंग कहिल्यैँ उडेर जाँदैन भने दुबो सधैं हरियो रहन्छ भन्ने पौराणिक कथन छ । यसरी आफ्ना दाजु भाइको सम्बन्ध सयपत्री, मखमली र दुबोको माला जस्तै होस् भन्दै कामना गर्दै दिदीबहिनीले सप्तरंगी टिका लगाउने चलन आजसम्म कायमै छ ।

सप्तरंगी टिकामा भावना मिसिँदा शान्ति वर्षिन्छ, दाजुभाइप्रतिको प्रेमरंगजस्तै गाढा तथा निरोगी भइरहने विश्वास भएपनि बनावटी प्लाष्टिकको मालाले भाइटिका मनाउने साँस्कार र्बिसर्दै गएको पाइन्छ । विगतको भन्दा यसवर्ष मालाको कारोवार राम्रो हुने गरेको व्यापारीहरु बताउँछन् ।

व्यापारीहरूले दैनिक ७ देखि २ हजार मूल्य बराबरका कृत्रिम प्लाष्टिकको माला बिक्री गर्ने गरेका छन् । ‘गाउँघरमा पनि ढकमक्कै फूल फुलेका छन् तरपनि दाजुभाइले बजारको माला लगाउनु पर्छ भन्ने कर गर्छन् । प्लाष्टिकको माला किन्न आएकी हुँु सहारेका सुनिता डाँगीले भनिन्–‘लाष्टिकको माला भन्दा गाउँघरमा फुल्ने फूलको माला नै राम्रो हुन्छ । आधुनिक समयसँगै प्लाष्टिकको मालातिर ध्यान सबैको गएको होलन ।’

तिहारमा भारतीय मालाको माग बढ्दै गएपछि एकातिर आर्थिक क्षति भएको छ भने अर्कोतर्फ पर्वको साँस्कृतिक महŒव समेत घट्दै गएको छ ।