☰ open Loading... 17 May 2024|  

आजबाट तिहार शुरु
  | १२ कार्तिक २०७३, शुक्रबार ०९:४९

हिन्दुहरुको महान् चाड तिहार आजदेखि शुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार मनाइँदैछ । यस दिन कागलाई बोलाएर मिष्ठान्न खुवाउने चलन छ ।

कागलाई यमराजको दूतका रुपमा पूजा गर्ने परम्परा छ । काग तिहारको भोलिपल्ट कुकुर तिहार, आउँदो सोमबार गोबद्र्धन पूजा र मंगलबार भाइटीका परेको छ ।

kag-thihar

भगवान विष्णुले ‘बर माग’ भन्दा राजा बलीले ‘पृथ्वीमा पाँच दिन मेरो राज्य होस्’ भन्ने बर मागेका थिए । जसलाई विष्णुले पूरा गरिदिए । यहि कारण यमपञ्चकमा राजा बलीको राज्यमा जस्तै दीपावली गर्ने, गाउँ सहर सबैतिर झिलिमिली बनाउने गरिन्छ । यमराजको प्रिय काग र द्वारपाल कुकुरको पनि पूजा हुन्छ ।

हिन्दु संस्कृतिमा कागको पूजा गर्नुको पर्यावरणीय कारण पनि छ । हिन्दुहरु मूर्तिपूजकमात्रै नभएर प्रकृति पुजक पनि हुन् । प्रकृतिलाई ठीकढंगले चलायमान बनाइराख्न विभिन्न पशुपंक्षी वनस्पतिले भूमिका खेलेको हुन्छ । कागले पनि सिनो, फाहोर, फालेको खानेकुरा खाएर वातावरण सफा बनाउन मद्यत गर्छ । यसकारण कागको महत्व वातावरण सफा बनाउनुसँग सम्बन्धित छ ।