☰ open Loading... 14 December 2024|  

विद्यालय व्यवस्थापन समिति गठन नगरे सुविधा कटौती हुने
  | १२ कार्तिक २०७३, शुक्रबार १८:१७

आगामी मंसीर मसान्तसम्म सुर्खेतका सवै सामुदायिक विद्यालयहरुले विद्यालय व्यवस्थापन समिति गठन नगरे सेवा सुविधा कटताी हुने भएको छ शिक्षा ऐनको नयाँ संसोधन अनुसार सरकारी विद्यालय विद्यालय व्यवस्थापन समिति विघठन अवस्थामा रहेकाले तत्काल गठन नगरे विद्यालयले सरकारी सेवा सुविधा नपाउने भएका हुन् ।

gcka
सुर्खेतका जिल्ला शिक्षा अधिकारी जितबहादुर शाह ।

जिल्ला शिक्षा कार्यालय बर्दियाबाट सुर्खेत सरुवा भएर आएका जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले सबै सामुदायिक विद्यालयहरुलाई मंसीर मसान्तसम्म विद्यालय व्यवस्थापन समिति गठन गर्न पत्रचार गरिएको जानकारी दिएका छन् । शिक्षा ऐनको आठौं संशोधन शिक्षा ऐन २०७३ लाई कार्यान्वयन गर्ने क्रममा अहिले सम्पूर्ण सामुदायिक विद्यालयहरुमा व्यवस्थापन समिति विघठन भएको शाहको भनाई छ ।

विद्यालय व्यवस्थापन समिति मंसिरसम् मगर्न निर्देशन दिएको पनि उनले जानकारी दिए । उनले शिक्षा ऐनमा विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया यस अघिको भन्दा फरक रहेको र सोही अनुसार अब व्यवस्थापन समिति गठन गर्न विद्यालयहरुलाई निर्देशन गरिएको शाहले उल्लेख गरे ।

‘जिल्ला शिक्षा कार्यालयलाई अपाङ्गमैत्री बनाउन लागिएको छ ।’ शाहले भने,–‘जिल्ला शिक्षा अधिकारीबाट सेवा लिन सहजताका लागि कार्यालयले मंसीर मसान्तसम्म भौतिक पूर्वाधारमा समेत सुधार गर्ने योजनामा छौं ।’