☰ open Loading... 19 April 2024|  

सौगात संचार प्रा.ली.मा लक्ष्मी पुजा
  | १४ कार्तिक २०७३, आईतवार १७:५५

यमपञ्चकको तेस्रो दिन आईतवार धनधान्यकी देवी लक्ष्मीको श्रद्धा भक्तिका साथ लक्ष्मीपुजा मनाईदैछ । त्यसै क्रममा सौगात संचार प्रा.लीको कार्यालयमा पनि लक्ष्मीपुजा गरिएको छ । प्रालीका कार्यकारी निर्देशक गोविन्द केसीले पुजाआजा गरेर धनधान्यकी देवी लक्ष्मीको पुजा गरेका हुन् ।

img_7638

 
कार्यालयको मुख्य कार्यालय सुर्खेत र शाखा कार्यालय दैलेखमा रहेको छ । प्रा.ली. मार्फत पश्चिम नेपाल डटकम अनलाईन डिजिटल पत्रिका प्रकाशन गरेको छ । त्यस्तै लक्ष्मीपुजामा अनलाईन पत्रिकाका सम्पादक गोविन्ददेव भारती, कार्यकारी सम्पादन कविराज विसी, कला सम्पादक अभिषेक अनुराग, अतिथि सम्पादक चक्र भण्डारी सहभागी थिए ।

img_7631

विशेष पुजाआरधनाका साथ लक्ष्मीको पुजा गरिएको थियो । पश्चिमका क्षेत्रका समसामयक विषयहरुको उठान र खवरदारीका लागि डिजिटल पत्रिका प्रकाशन गरिएको हो । अनलाईन पत्रिकाले थोरै समयमा दर्शक तथा पाठक धेरै मन पराएका छन् ।

img_7642