☰ open Loading... 30 April 2024|  

सुर्खेतमा गाउँलेद्धारा प्रहरी चौकीमा आक्रमण
  | १७ कार्तिक २०७३, बुधबार १७:५५

एक प्रहरी कर्मचारीसँगको विवादलाई लिएर पूर्वी सुर्खेतको आग्रीगाउँका बासिन्दाले त्यहाँस्थित देउली प्रहरी चौकीमा आक्रमण गरेका छन् । घरेलु हतियारसहित करिव ३० जनाको संख्यामा आएका स्थानीयवासीले भाइटीकाको साँझ चौकी आक्रमण गरी हतियार लगायतका उपकरणहरु कब्जामा लिएका हुन् ।

आग्रीगाउँसँग सीमा जोडिएको काफलकोटका युवा र प्रहरीबीच विवाद उत्कर्षमा पुगेपछि घटनाले उत्तेजक रुप लिएको हो । स्रोतका अनुसार स्थानीय युवाले तास हारेपछि प्रहरी जवान नरबहादुर विकसँगै मदिरा सेवन गरेका थिए ।

तास हारेकै विषयमा स्थानीय युवा उत्तेजित भएपछि प्रहरी चौकी आक्रमण उत्रेको बताइएको छ ।

आक्रमणकारी गाँउलेको समूह चौकीमा पुग्दा इञ्चार्ज प्रहरी सहायक निरीक्षक ९असई० मनोज आलेको कमाण्डमा चारजना प्रहरीमात्र थिए । देउली चौकी सदरमुकाम वीरेन्द्रनगरदेखि १ सय ५ किमी टाढा पर्दछ ।

स्थानीयले चौकी तोडफोड गर्नुका साथै हतियार, गोली, हत्कडी लगायतका उपकरण कब्जामा लिएका थिए । मंगलबार राति नै जिल्ला प्रहरी प्रमुख ९एसपी० मोहन आचार्य, डिएसपी बहादुरजंग मल्लसहित सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो ।

मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख ९डिआईजी० माधवप्रसाद नेपालले ५० राउन्ड गोलीबाहेक हतियारसहित सबै उपकरण बरामद गरिसकेको जानकारी दिए ।

‘गाउँलेले लुटेका तीनथान थ्रिनट थ्री राइफल, एकथान चाइनिज पेस्तोल, एक सय ५० राउन्ड गोली, हत्कडी फेला पारिसकेका छौं,’ डिआईजी नेपालले भने, ‘खोला र स्थानीयका घरमा ती सामानहरु भेटिएका छन् । थप गोली पनि छिटै फेला पार्छौं ।’

स्रोत  ः ईकान्तिपुर